७ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
नगरकार्यपालिकाको बैठकले बैकुण्ठ चतुर्दशीका दिन पर्ने मालिकाको पूर्णिमा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाको वडानम्बर–६ कुर्घामा रहेको मालिका मन्दिरमा पूर्णिमा मेला लाग्ने भएकाले आज सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीद्धारा जारी सूचनामा उल्लेख छ ।
नगरपालिकाका अनुसार उक्त दिन नगरकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरू बन्द रहनेछन् ।
मालिका मन्दिरमा आज रातभर जागाराम बसेर चिच्चाएर वर माग्ने मेला लाग्ने गर्दछ । उक्त मन्दिर यसक्षेत्रकै प्रसिद्ध धार्मिक स्थाल रहेकाले गुल्मीसँगै छिमेकी जिल्लाहरुबाट श्रद्धालु भक्तजनको उपस्थिति रहने गर्दछ ।