नगरपालिकाले यही मंसिर ७ र ८ गते नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था तथा शिक्षण संस्थामा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बैतडी — बैतडीको मेलौली भगवती मन्दिरमा लाग्ने देहीजातको अवसरमा मेलौली नगरपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ ।
नगरपालिकाले यही मंसिर ७ र ८ गते नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था तथा शिक्षण संस्थामा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै बिदाबारे जानकारी गराएको छ । मेलौली भगवतीको जात्रामा स्थानीयको धार्मिक आस्थालाई दृष्टिगत गर्दै बिदा दिने निर्णय गरिएको नगरप्रमुख भीम चन्दले बताए ।
मेलौली भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।
यसैबीच, नगरपालिकाले जात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन जात्रा अवधिभर (मंसिर ७ र ८ गते) मन्दिर आसपासका क्षेत्रमा मदिराको बिक्रीवितरण तथा सेवनमा रोक लगाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम मेला अवधिभर मदिराको कारोबार र सेवनमा रोक लगाउने निर्णय गरिएको नगरप्रमुख चन्दले बताए ।
मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।