Trending
Prev Story
Next Story

भेटघाट र सम्झौता आदानप्रदानमा आज व्यस्त हुनेछन् बालेन, आजै स्वदेश फिर्ता

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

७ मंसिर, काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज उच्चस्तरीय राजनीतिक भेटघाट, द्विपक्षीय छलफल, परियोजना उदघाटन तथा सम्झौता आदानप्रदानका कार्यक्रममा व्यस्त हुने भएका छन् । प्रधानमन्त्री शाहलाई सोमबार बिहान १० …

भेटघाट र सम्झौता आदानप्रदानमा आज व्यस्त हुनेछन् बालेन, आजै स्वदेश फिर्ता

७ मंसिर, काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज उच्चस्तरीय राजनीतिक भेटघाट, द्विपक्षीय छलफल, परियोजना उदघाटन तथा सम्झौता आदानप्रदानका कार्यक्रममा व्यस्त हुने भएका छन् ।

प्रधानमन्त्री शाहलाई सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिने कार्यक्रम छ । त्यसपछि उनले बिहान १०:४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

प्रधानमन्त्री शाहले बिहान ११ बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच ११:५० बजे द्विपक्षीय वार्ता हुनेछ ।

वार्ताको क्रममा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्मको रेल सेवा, भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माण लगायतका विषयमा १० बुँदामा केन्द्रित रहेर छलफल गर्ने तयारी छ ।

यी १० बुँदामा विपद् व्यवस्थापन, खेल, स्वास्थ्य, कृषि, शिक्षा, ऊर्जा, सडक, सूचना प्रविधि लगायतका विविध विषय समेटिएका छन् ।

द्विपक्षीय भेटपछि बालेन र मोदीले दिउँसो १२:३५ बजे विभिन्न परियोजनाको भर्चुअल उदघाटन, समझदारीपत्र (एमओयू) तथा सम्झौता आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय गरिएको छ । अनलाइनखबरलाई आइतबार प्राप्त द्विपक्षीय वार्ताका एजेण्डामा हवाई रुट र सीमा विवादको विषय भने उल्लेख छैन ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेनको सम्मानमा दिउँसो १:१५ बजे दिवाभोज आयोजना गर्नेछन् ।

भारतीय राष्ट्रपतिलाई भेटर आजै स्वदेश फर्किने

त्यसपछि प्रधानमन्त्री बालेनले दिउँसो ३:१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

बालेनको भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य तथा दुई देशबीच विभिन्न क्षेत्रमा सहयोग विस्तारसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

भेटघाटका कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री शाह आजै अपराह्न ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाह भारतको दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका हुन् । नयाँदिल्ली पुगेकै दिन उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले होटल ताजमहलमा भेटवार्ता गरे का थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
18h ago
दिल्लीमा यसरी बित्नेछ प्रधानमन्त्री बालेनको २ दिन (समय तालिकासहित)

दिल्लीमा यसरी बित्नेछ प्रधानमन्त्री बालेनको २ दिन (समय तालिकासहित)

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भारत भ्रमणको सिलसिलामा आइतबार दिल्ली प्रस्थान गर्दैछन् । भ्रमणको पहिलो दिन आइतबार दिउँसो १ः ४५ बजे प्रधानमन्त्री शाह काठमाडौँबाट नयाँ दिल्ली प्...

#बालेन-शाह #बजे #बालेन
Compare →
Bizshala
15h ago
प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने

प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को दुईदिने राजकीय भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि...

#बालेन-शाह #बालेन #आजै
Compare →
Nagarik News
12h ago
हिजो भारतमा भविष्य खोज्दै पढेका बालेन, आज नेपालको भविष्य बोकेर दिल्लीमा

हिजो भारतमा भविष्य खोज्दै पढेका बालेन, आज नेपालको भविष्य बोकेर दिल्लीमा

हिजो बैंग्लुरको कक्षाकोठामा स्ट्रक्चरल इन्जिनियरिङ र भूकम्प प्रतिरोधी संरचनाको ज्ञान खोज्दै भविष्यको सपना बुनेका शाह आज नेपालको प्रधानमन्त्रीका रूपमा नयाँदिल्लीको कूटनीतिक मञ्चमा उभिएका छन्।

#बालेन-शाह #बालेन
Compare →
Arthasansar
18h ago
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारतको राजधानी नयाँ दिल्लीलाई सजाइएको छ ।...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Education & Youth
Build #2612