Trending
Prev Story
Next Story

बालेन-मोदी : हैदरावाद हाउसमा हुँदैछ दुई पुस्ताको सम्मिलन

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
9
9 reads 0 reactions

७ मंसिर, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक यात्रा थालेको करिब ५ दशक भयो । गुजरातको मुख्यमन्त्री हुँदै भारतको प्रधानमन्त्रीसम्म बनेका मोदीका लागि सोमबार दिल्लीको हैदरावाद हाउसमा नयाँ  संयोग मिल्दैछ । मोदीले आफ्नोभन्दा दोब्बर …

बालेन-मोदी : हैदरावाद हाउसमा हुँदैछ दुई पुस्ताको सम्मिलन

७ मंसिर, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक यात्रा थालेको करिब ५ दशक भयो । गुजरातको मुख्यमन्त्री हुँदै भारतको प्रधानमन्त्रीसम्म बनेका मोदीका लागि सोमबार दिल्लीको हैदरावाद हाउसमा नयाँ  संयोग मिल्दैछ ।

मोदीले आफ्नोभन्दा दोब्बर कान्छो उमेर र जम्माजम्मी सक्रिय राजनीति थालेको ५ वर्षमै नेपालको प्रधानमन्त्री भएका बालेन्द्र शाह (बालेन)लाई स्वागत र द्विपक्षीय भेटवार्ता गर्दैछन् ।

दुई दिने भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली उत्रेका नेपालका प्रधानमन्त्री बालेनको भ्रमणको मुख्य कार्यसूची नै मोदीसँगको शिष्टाचार, संवाद र सहमतिमा केन्द्रित हुनेछ ।

८ वर्ष अघिसम्म बालेन भारतको कर्नाटक राज्यस्थित विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीका विद्यार्थी थिए । त्यहाँबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेर फर्केका उनी त्यही भारतीय भूमिमा ८ वर्षकै बीचमा नेपालको प्रधानमन्त्रीको रुपमा राजकीय भ्रमणमा पुगेका छन् ।

त्यसैले सोमबार मध्याह्न दिल्लीको हैदरावाद हाउसमा हुने शाह र मोदीको भेट नेपाल–भारत सम्बन्धको समीक्षा र सहकार्य विस्तारको मात्र होइन दुई पुस्ताका प्रधानमन्त्रीहरूको सम्मिलन पनि हुनेछ । उनीहरूका हाउभाउ र शिष्टाचारका शैलीहरू पनि चासोको केन्द्रमा रहनेछन् ।

दुई पुस्ताका सरकार प्रमुखका केही समान शैली

बालेन र नरेन्द्र मोदी दुई पुस्ताका सरकार प्रमुखहरू हुन् । उनीहरूको राजनीतिक पृष्ठभूमि र उदयको शैली केही फरक छ । तर जनताको मनोविज्ञानमा खेलेर शक्ति आर्जन र आफ्नो अपरिहार्यता देखाउने शैली चाहिँ केही समान देखिन्छ ।

बालेन नेपालमा भएको जेनजी आन्दोलनको बलमा सडकबाट सत्ताको शिखरमा पुगेको विद्रोही पुस्ताका प्रतिनिधि पात्र हुन् ।

इन्जिनियरिङ पढेका, संगीतमा आफ्नो पहिचान बनाएका र्‍यापमार्फत सामाजिक विकृति, भ्रष्टाचार तथा राजनीतिक बेथितिमाथि प्रहार गर्ने व्यक्ति हुन् बालेन ।

२०७९ को स्थानीय चुनावमा स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकाको मेयर जितेका उनको खास संगठन छैन ।

व्यक्तित्वको लोकप्रियताको बलमा उनी जनताबाट निर्वचित भई संसद्को मतको आधारमा प्रधानमन्त्री बनेका हुन् । उनी गत वर्ष फागुन २१ को चुनावमा रास्वपाबाट चुनाव उठेर जितेका हुन् । अहिले पनि उनी उक्त पार्टीको वरिष्ठ नेता छन् । तर संगठन बनाउने रुचि चाहिँ उनमा देखिन्न ।

तर मोदी भने संगठनको बलमा स्थापति भएका व्यक्ति हुन् । मोदी भारतीय जनता पार्टीको माउ संगठन राष्ट्रिय स्वयंसेवक संघका (आरएसएस) का उत्पादन हुन् । त्यही संगठनको भर्‍याङ चढेर उनी राष्ट्रिय राजनीतिमा स्थापित भए ।

सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री भएपछि त उनले आफ्नो अपरिहार्यता स्थापित गर्दै तेस्रो कार्यकालको प्रधानमन्त्री बनिरहेका छन् । भारतमा आरएसएसको यस्तो बलियो संगठन छ कि उसले सत्तारुढ भाजपालाई चलाउँछ । आरएसएसको संगठनात्मक आधार भनेको हिन्दूवादी विचारधारा हो ।

बालेन्द्र शाह पुरानो राजनीतिक पुस्ताको असफलताप्रति विद्रोह गर्दै नयाँ नेतृत्व खोज्ने युवा पुस्ताका प्रतिनिधि पात्र हुन् । नरेन्द्र मोदी लामो संगठनात्मक संघर्ष, वैचारिक परिचालन र जनमतको शक्तिबाट आफ्नो राजनीतिक साम्राज्य निर्माण गरेका व्यक्ति हुन् ।

बालेन्द्र कम बोल्छन् । उनको मुख्य शक्ति भनेको अहिले डिजिटल संसार पनि हो । उनी सांकेतिक कुरा गर्छन् । जसले गर्दा उनले के गर्छन् वा गर्दैनन् भन्ने भेउ पाउन मुस्किल छ ।

तर मोदी बोलक्कड छन् । सार्वजनिक अभिव्यक्तिमा अत्यन्त कुशल ठानिन्छन् । मोदी आफ्नो राजनीतिक सन्देशलाई एउटा निश्चित भाष्यमा रूपान्तरण गर्न जान्दछन् ।

तर मोदीको शासनशैलीमाथि आलोचनात्मक प्रश्न पनि छन् । भारतमा हालै कक्रोच पार्टीले ठूलो आन्दोलन गर्‍यो र त्यसले कुनै राजनीतिक रुप लेला कि भन्ने भय मोदीमाथि पनि छ ।

प्राध्यापक महेन्द्र पी लामाका अनुसार कक्रोचको आन्दोलनले नेपालको जस्तो रुप त लिँदैन तर युवाहरूको असन्तुष्टि कता जाने हो भन्ने भय चाहिँ छ । त्यसैले कतिपय भारतीयहरूले वालेन्द्र शाहलाई विश्वासमा लिएर आफ्नै मुलुकका युवाहरूलाई पनि सन्देश दिने उद्देश्यले यो भ्रमणलाई विशेष महत्त्व दिने अनुमान पनि कतिपयले गरेका छन् ।

हैदरावाद हाउसको ‍वार्ता र भेटघाट दुवैलाई अवसर

नेपालमा रास्वपा नयाँ शक्तिको रुपमा उदाएपछि उसले कस्तो राष्ट्रवादी नीति लिन्छ भन्ने पनि चासो छ । प्रधानमन्त्री आफैं पनि नेपालको हितमा हुने निर्णयहरूको अडानमा कति टिक्छन् भन्ने पनि चासो छ ।

विगतमा मेयर भएका बेला शाहले नेपाल–भारत सीमा विवाद चर्किँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेका थिए । भारतीय फिल्म आदिपुरुषलाई काठमाडौंमा चल्नका लागि रोक लगाएका थिए । यो पृष्ठभूमिबाट आएका बालेन आफू कति स्वाभिमानी छन् भन्ने देखाउने अवसर हैदरावाद हाउसको ‍वार्ता र भेटघाटमा मिल्नेछ ।

यता मोदीलाई पनि यो १२ वर्षमा नेपालसँग बिग्रेको सम्बन्धलाई नयाँ शिराबाट सुधार्ने अवसर मिलेको छ । किनकी उनी सत्तामा आएपछि नाकाबन्दी लगायतका घटनाक्रमले नेपालमा उनको छवि धुमिल भएको छ । त्यसैले सोमबार प्रधानमन्त्री शाह र मोदीबीच हुने सहमति र सम्झौताहरूले दुवै देशका सरकार प्रमुखलाई सम्बन्ध सुधारको ढोका पनि खोल्न सक्छ ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र महत्त्वपूर्ण पारवहन मार्ग हो । नेपालको अर्थतन्त्र, ऊर्जा व्यापार, आपूर्ति प्रणाली र रोजगारीका अवसरमा भारतको ठूलो भूमिका छ ।

अर्कोतर्फ नेपाल भारतका लागि उत्तरी छिमेकी मात्र होइन । हिमालय क्षेत्रको सुरक्षा, चीनसँगको भौगोलिक सम्बन्ध, जलस्रोत, क्षेत्रीय स्थिरता र जनस्तरको सांस्कृतिक सम्बन्धका दृष्टिले नेपाल रणनीतिक महत्त्व राख्छ ।

नेपालले भारतलाई आफ्नो आवश्यकताको दृष्टिले हेर्छ । भारतले नेपाललाई कहिलेकाहिँ आफ्नो रणनीतिक आवश्यकताको दृष्टिले हेर्ने गरेको छ । यही दृष्टिकोणको अन्तरले पटक–पटक भइरहेको अविश्वासलाई हैदरावाद हाउसमा बालेन्द्र शाह र नरेन्द्र मोदीले कसरी मेटाउँछन् ? चासो छ ।

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
17h ago
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्...

#बालेन-शाह #मोदी #भारत
Compare →
Bizshala
17h ago
नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा नेपाल र भारतबीच उच्चस्तरीय...

#बालेन-शाह #मोदी #भारत
Compare →
Nagarik News
12h ago
भारत भ्रमणको तस्बिर राख्दै बालेनले भने : धन्यवाद मोदीज्यू

भारत भ्रमणको तस्बिर राख्दै बालेनले भने : धन्यवाद मोदीज्यू

प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।

#बालेन-शाह #मोदी #भारत
Compare →
Ekantipur
14h ago
प्रधानमन्त्री शाहसँगको तस्बिर पोस्ट गर्दै मोदीले लेखे : नेपाल-भारत मित्रता अझ उचाइमा

प्रधानमन्त्री शाहसँगको तस्बिर पोस्ट गर्दै मोदीले लेखे : नेपाल-भारत मित्रता अझ उचाइमा

फेसबुकमा प्रधानमन्त्री शाहसँगका केही तस्बिर पोस्ट गर्दै भारतीय समकक्षी मोदीले भेट सुखद रहेको पनि उल्लेख गरेका छन् ।

#मोदी #भारत
Compare →
Hamro Patro News
4h ago
बालेनको भारत भ्रमण : नेपाल–भारत सम्बन्ध सकारात्मक लयमा

बालेनको भारत भ्रमण : नेपाल–भारत सम्बन्ध सकारात्मक लयमा

प्रधानमन्त्री वालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावना र सकारात्मक दिशातर्फ अघि बढाउने आधार तयार गरेको छ। लामो समयदेखि अपेक्षित उच्चस्तरीय राजनीतिक संवाद, आ...

#बालेन-शाह #भारत #बालेन
Compare →

Related Stories

World News
Build #2621