Trending
Prev Story
Next Story

पशु ढुवानीमा चरम लापरवाही, संवेदनाको ख्याल राख्नुपर्नेमा सरोकारवालाको जोड

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, काठमाडौं । नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ । लामो दूरीसम्म कुनै दानापानी नदिइ, क्षमताभन्दा बढी सङ्ख्यामा कोचेर तथा उपयुक्त सवारीसाधन प्रयोग नगरी पशुपन्छी ओसारपसार …

पशु ढुवानीमा चरम लापरवाही, संवेदनाको ख्याल राख्नुपर्नेमा सरोकारवालाको जोड

६ मंसिर, काठमाडौं । नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ ।

लामो दूरीसम्म कुनै दानापानी नदिइ, क्षमताभन्दा बढी सङ्ख्यामा कोचेर तथा उपयुक्त सवारीसाधन प्रयोग नगरी पशुपन्छी ओसारपसार गरिएको पाइएको हो ।

नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा तस्विर तथा श्रव्यदृश्य सङ्कलनका क्रममा विशेषगरी राँगाभैँसी, बाख्रा र कुखुराको ढुवानीमा पशु कल्याणसम्बन्धी मापदण्डको उल्लङ्घन हुने गरेको देखिएको हो ।

समाजले पत्रकार सम्मेलन गरी सबैभन्दा टाढा सुदूरपश्चिमको कैलाली, टीकापुर, अत्तरियालगायत क्षेत्रबाट काठमाडौंसम्म भैँसी ल्याउँदा ४८ देखि ७२ घण्टासम्म लाग्ने जनाएको छ ।

उक्त अवधिमा कतिपय पशुलाई पानी तथा खाना उपलब्ध नगराइने गरेको तथ्य सार्वजनिक गरेको हो ।

‘लामो दूरीको यात्रामा पशुलाई पानी खुवाउने, खाना दिने र आराम गराउने व्यवस्था हुनुपर्ने हो । तर, एउटै ट्रकमा क्षमताभन्दा बढी पशु कोचेर ल्याउने गरिएको छ । यसक्रममा उनीहरूलाई चोटपटक लाग्ने, घाउ हुने र शारीरिक तथा मानसिक पीडा भोग्नुपर्ने अवस्था छ’, समाजका निर्देशक हरि जोशीले भने ।

उनका अनुसार राँगाभैँसीलाई विशेष प्रयोजनका लागि तयार गरिएका ढुवानी सवारीसाधनको सट्टा तरकारी तथा अन्य सामान बोक्ने ट्रकमा ओसारपसार गर्ने गरिएको छ ।

कतिपय अवस्थामा साना र ठूला राँगाभैँसीलाई एउटै ठाउँमा राख्ने तथा पर्याप्त स्थान नदिइ बाँधेर ल्याउने गरिएकाले उनीहरूलाई थप असहज हुने गरेको उनको भनाइ छ ।

कुखुरा तथा बाख्राको ढुवानीमा पनि यस्तै समस्या देखिएको समाजका निर्देशक जोशीले बताए ।

समाजले पशुपन्छीमाथि हुने यस्ता व्यवहार न्यूनीकरण गर्न जनचेतनामूलक केन्द्रित अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ । ढुवानीका क्रममा देखिएका समस्या उजागर गर्न फोटो तथा भिडियो सङ्कलन गरी सार्वजनिक गर्ने अभियान सुरु गरिएको निर्देशक जोशीले जानकारी दिए ।

उनले पशुपन्छीको व्यापार तथा मासु व्यवसायको विरोध नभई व्यवसाय सञ्चालनका क्रममा जनावरमाथि हुने क्रुर व्यवहार रोक्नुपर्नेमा जोड दिए । ‘पशु पनि जीवित प्राणी हुन् । उनीहरूलाई पनि भोक, प्यास, डर र पीडा हुन्छ । त्यसैले सुरक्षित ढुवानीको व्यवस्था गर्नु राज्य र सबै सरोकार भएका निकायको दायित्व हो’, उनले भने ।

पशु ढुवानीका लागि सरकारले मापदण्ड बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको समाजका निर्देशक जोशीको भनाइ छ ।

पशु ढुवानी मापदण्डलाई समयानुकूल परिमार्जन गर्ने विषयमा सरकारी निकायले चासो देखाए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा भने प्रगति हुन नसकेको उनले बताए ।

निर्देशक जोशीले पशु ढुवानीलाई व्यवस्थित बनाउन विशेष प्रकारका सवारीसाधन प्रयोग गर्नुपर्ने र त्यस्ता सवारीसाधन खरिद तथा सञ्चालनमा व्यवसायीलाई सरकारले सहुलियत र राजस्व छुट दिनुपर्ने सुझाव दिए ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
58m ago
पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ।

#ढुवानी #पशुपन्छी #पशु
Compare →
Bizshala
2d ago
कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

काठमाण्डौ । कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आयातमाथिको निर्भरता घटाउन आधुनिक कृषि प्रविधि तथा यान्त्रिकीकरणको...

#काठमाडौं #जोड
Compare →

Related Stories

Sports
Build #2612