Trending
Prev Story
Next Story

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

Nagarik News •
November 22, 2026 • 11:17 AM
2
2 reads 0 reactions

नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ।

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ।

लामो दूरीसम्म कुनै दानापानी नदिइ, क्षमताभन्दा बढी सङ्ख्यामा कोचेर तथा उपयुक्त सवारीसाधन प्रयोग नगरी पशुपन्छी ओसारपसार गरिएको पाइएको हो।

नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा तस्विर तथा श्रव्यदृश्य सङ्कलनका क्रममा विशेषगरी राँगाभैँसी, बाख्रा र कुखुराको ढुवानीमा पशु कल्याणसम्बन्धी मापदण्डको उल्लङ्घन हुने गरेको पाइएको हो।

समाजले आज यहाँ पत्रकार सम्मेलन गरी सबैभन्दा टाढा सुदूरपश्चिमको कैलाली, टीकापुर, अत्तरियालगायत क्षेत्रबाट काठमाडौंसम्म भैँसी ल्याउँदा ४८ देखि ७२ घण्टासम्म लाग्ने जनाएको छ।

उक्त अवधिमा कतिपय पशुलाई पानी तथा खाना उपलब्ध नगराइने गरेको तथ्य सार्वजनिक गरेको हो। ‘लामो दूरीको यात्रामा पशुलाई पानी खुवाउने, खाना दिने र आराम गराउने व्यवस्था हुनुपर्ने हो। तर, एउटै ट्रकमा क्षमताभन्दा बढी पशु कोचेर ल्याउने गरिएको छ। यसक्रममा उनीहरूलाई चोटपटक लाग्ने, घाउ हुने र शारीरिक तथा मानसिक पीडा भोग्नुपर्ने अवस्था छ’, समाजका निर्देशक हरि जोशीले भने।

उनका अनुसार राँगाभैँसीलाई विशेष प्रयोजनका लागि तयार गरिएका ढुवानी सवारीसाधनको सट्टा तरकारी तथा अन्य सामान बोक्ने ट्रकमा ओसारपसार गर्ने गरिएको छ।

कतिपय अवस्थामा साना र ठूला राँगाभैँसीलाई एउटै ठाउँमा राख्ने तथा पर्याप्त स्थान नदिइ बाँधेर ल्याउने गरिएकाले उनीहरूलाई थप असहज हुने गरेको उनको भनाइ छ।

कुखुरा तथा बाख्राको ढुवानीमा पनि यस्तै समस्या देखिएको समाजका निर्देशक जोशीले बताए। समाजले पशुपन्छीमाथि हुने यस्ता व्यवहार न्यूनीकरण गर्न जनचेतनामूलक केन्द्रित अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ।

ढुवानीका क्रममा देखिएका समस्या उजागर गर्न फोटो तथा भिडियो सङ्कलन गरी सार्वजनिक गर्ने अभियान सुरु गरिएको निर्देशक जोशीले जानकारी दिए।

उनले पशुपन्छीको व्यापार तथा मासु व्यवसायको विरोध नभई व्यवसाय सञ्चालनका क्रममा जनावरमाथि हुने क्रुर व्यवहार रोक्नुपर्नेमा जोड दिए।

‘पशु पनि जीवित प्राणी हुन्। उनीहरूलाई पनि भोक, प्यास, डर र पीडा हुन्छ। त्यसैले सुरक्षित ढुवानीको व्यवस्था गर्नु राज्य र सबै सरोकार भएका निकायको दायित्व हो’, उनले भने।

पशु ढुवानीका लागि सरकारले मापदण्ड बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको समाजका निर्देशक जोशीको भनाइ छ।

पशु ढुवानी मापदण्डलाई समयानुकूल परिमार्जन गर्ने विषयमा सरकारी निकायले चासो देखाए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा भने प्रगति हुन नसकेको उनले बताए।

निर्देशक जोशीले पशु ढुवानीलाई व्यवस्थित बनाउन विशेष प्रकारका सवारीसाधन प्रयोग गर्नुपर्ने र त्यस्ता सवारीसाधन खरिद तथा सञ्चालनमा व्यवसायीलाई सरकारले सहुलियत र राजस्व छुट दिनुपर्ने सुझाव दिए।

त्यस्तै, लामो दूरीमा पशु ओसारपसार गर्दा बीचबीचमा विश्रामस्थल (रेस्टिङ सेन्टर) स्थापना गर्नुपर्ने उनको भनाइ छ। त्यस्ता केन्द्रमा पशुलाई पानी तथा दानापानी खुवाउने, आराम गराउने र आवश्यक उपचार गर्ने व्यवस्था हुनुपर्ने उनले बताए।

काठमाडौंमा पशु ढुवानीका कारण उत्पन्न हुने फोहोर तथा सरसफाइको समस्या न्यूनीकरण गर्न चितवन आसपासमै आधुनिक तथा व्यवस्थित वधशाला स्थापना गर्नु अर्को विकल्प हुनसक्ने जोशीले उल्लेख गरे।

समाजका अनुसार काठमाडौंमा राँगाभैँसी तथा अन्य पशुपन्छी कैलाली, टीकापुर, अत्तरिया, नेपालगञ्ज, बर्दिया, नवलपरासी, बारा, जनकपुर, विराटनगरलगायत क्षेत्रबाट ल्याइने गरेका छन्। पशु ढुवानीको अनुगमन प्रणालीसमेत प्रभावकारी नभएको समाजको भनाइ छ।

विभिन्न स्थानमा रहेका क्वारेन्टाइन कार्यालयले पशुको स्वास्थ्य प्रमाणपत्रका आधारमा ढुवानी प्रक्रिया अघि बढाउने गरे पनि वास्तविक अवस्थामा पशुलाई कस्तो तरिकाले ओसारपसार गरिएको छ भन्ने विषयमा पर्याप्त स्थलगत अनुगमन हुन नसकेको जोशीले बताए।

उनले पशु सेवा विभाग, क्वारेन्टाइन कार्यालय, ट्राफिक प्रहरी, पशु खरिद बिक्री व्यवसायी तथा ढुवानी व्यवसायीबीच समन्वय र सहकार्य बढाएर पशु ढुवानीसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। रासस

प्रकाशित: ६ मंसिर २०८३ १७:०२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
पशु ढुवानीमा चरम लापरवाही, संवेदनाको ख्याल राख्नुपर्नेमा सरोकारवालाको जोड

पशु ढुवानीमा चरम लापरवाही, संवेदनाको ख्याल राख्नुपर्नेमा सरोकारवालाको जोड

६ मंसिर, काठमाडौं । नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ । लामो दूरीसम्म कुनै दानापानी नदिइ, क्षमताभन्दा बढी सङ्ख्यामा कोचेर तथा उपयुक्त सवारीसाधन प्रयोग नगरी पशुपन्छी ओसारपसार …

#ढुवानी #पशु #चरम
Compare →
Hamro Patro News
1w ago
तनहुँमा पशुपन्छीको बीमा बढ्दो

तनहुँमा पशुपन्छीको बीमा बढ्दो

तनहुँ– तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँका अन...

#पशु #पशुपन्छी
Compare →
Ekantipur
2w ago
पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार : मन्त्री चौधरी

पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशुपक्षीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिइन् ।

#पशु
Compare →

Related Stories

Technology
Build #2612