काठमाडौंको माछापोखरीस्थित एक गेस्ट हाउसमा प्रहरीले छापा मारेर जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरूको साथबाट एक लाख ९३ हजार १८५ रुपैयाँ नगद र चार बुक तास बरामद भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत शुक्रबार राति करिब १० बजे काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित एक गेस्ट हाउसमा हारजित हुने गरी जुवा खेलिरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले गेस्ट हाउसमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा पर्नेहरूमा कृष्ण गुरुङ, जित बहादुर गुरुङ, जित बहादुर गुरुङ, नबिन गुरुङ, समीर गुरुङ, अशोक शर्मा, अरुण खनाल, रामशरण केसी, च्यारी गुरुङ, हेमन्त गुरुङ, बिर बहादुर गुरुङ र डम्मर सिंह गुरुङ रहेका छन्।
पक्राउ परेका १२ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित: ६ मंसिर २०८३ १७:१८ आइतबार