Trending
Prev Story
Next Story

शिवश्री हाइड्रोपावरले डाक्यो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा

Bizshala •
November 22, 2026 • 08:07 AM
3
3 reads 0 reactions

काठमाण्डौ। शिवश्री हाइड्रोपावर लिमिटेडले आफ्नो नवौँ र दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक...

शिवश्री हाइड्रोपावरले डाक्यो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा

काठमाण्डौ। शिवश्री हाइड्रोपावर लिमिटेडले आफ्नो नवौँ र दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार दुवै आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आयोजना गर्न लागिएको हो।

कम्पनीको साधारणसभा आगामी मंसिर २८ गते सोमबार बिहान ११ बजेदेखि काठमाण्डौको बुढानिलकण्ठस्थित कम्पनीको कार्यालयमा आयोजना हुनेछ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।

त्यस्तै, दुवै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ।

यसका साथै सञ्चालक समितिको निर्वाचनसम्बन्धी प्रस्ताव पनि सभाको एजेण्डामा समावेश गरिएको छ।

विशेष प्रस्तावअन्तर्गत कम्पनीको नियमावलीको नियम ४७(१) संशोधन गर्ने प्रस्ताव सभामा पेश गरिनेछ।

कम्पनीले सार्वजनिक गरेको सूचनामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव उल्लेख गरिएको छैन।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Arthasansar
4h ago
ओम मेगाश्री फर्मास्युटिकल्सको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

ओम मेगाश्री फर्मास्युटिकल्सको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर...

#साधारणसभा #वार्षिक #एजेण्डा
Compare →

Related Stories

Politics & Governance
Build #2612