काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्वर्गीय नरेश श्रेष्ठको स्मृतिमा आयोजना गर्ने यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता यही मङ्सिर १० देखि २४ गतेसम्म सञ्चालन हुनेछ । सुदूरपश्चिम प्रदेशका दुई सहर कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा प्रतियोगिताका खेल आयोजना हुनेछन् ।
Read full story at source ( ratopati.com )