Trending
Prev Story
Next Story

साङ्ग्रिला लिटरेचर फेस्टिभल हुँदै

Ekantipur •
November 21, 2026 • 08:32 AM
4
4 reads 0 reactions

काठमाडौँ साङ्ग्रिला फाउन्डेसनले आयोजना गर्ने दुईदिने महोत्सवमा नेपाल र भारतका लेखक, साहित्यकार, कलाकार, पाठक तथा संस्कृतिप्रेमी सहभागी हुनेछन्।

साङ्ग्रिला लिटरेचर फेस्टिभल हुँदै

काठमाडौँ साङ्ग्रिला फाउन्डेसनले आयोजना गर्ने दुईदिने महोत्सवमा नेपाल र भारतका लेखक, साहित्यकार, कलाकार, पाठक तथा संस्कृतिप्रेमी सहभागी हुनेछन्।

काठमाडौँ — साङ्ग्रिला लिटरेचर फेस्टिभलको पहिलो संस्करण आगामी पुस ११ र १२ गते ललितपुरस्थित होटल हिमालयमा आयोजना हुने भएको छ ।

काठमाडौँ साङ्ग्रिला फाउन्डेसनले आयोजना गर्न लागेको दुईदिने महोत्सवमा नेपाल तथा भारतका लेखक, साहित्यकार, कलाकार, पाठक र संस्कृतिप्रेमीहरूको सहभागिता रहनेछ ।

महोत्सवका निर्देशक केन सुवेदीका अनुसार भारतका कम्तीमा छ जना ख्यातिप्राप्त लेखक महोत्सवमा सहभागी हुनेछन्। सहभागी हुने लेखकमा मनु जोसेफ, रुचिर जोशी, जेरी पिन्टो र सतीश पद्मनाभन रहेका छन् ।

महोत्सवमा साहित्य, भिजुअल आर्ट्स तथा पर्फर्मिङ आर्ट्ससँग सम्बन्धित विभिन्न विषयमा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिने आयोजकले जनाएको छ । पुस्तक, संस्कृति र समाजसँग सम्बन्धित विषयमा समेत संवाद गरिनेछ ।

आयोजकका अनुसार महोत्सवमा दुईवटा हलमा एकैसाथ विषयगत छलफलका सत्र सञ्चालन हुनेछन् । बालसाहित्य, महिला साहित्य, सीमान्तकृत समुदायको साहित्य, युवा साहित्य, अनुवाद, कृत्रिम बुद्धिमत्ता (एआई) र कवितालगायतका विषयमा छलफल हुनेछ ।

साहित्यिक छलफलसँगै महोत्सवमा सांस्कृतिक नृत्य, सांगीतिक तथा अन्य कलात्मक प्रस्तुति पनि रहनेछन् । उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ भने समापन समारोहमा वाद्यवादनसहितको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा पुस्तक प्रदर्शनीका स्टलसमेत राखिनेछन् । आगन्तुकले विभिन्न पुस्तक अवलोकन तथा खरिद गर्न सक्नेछन् । साथै, पुस्तक हस्ताक्षर कार्यक्रममार्फत पाठकले लेखकहरूसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्ने अवसर पाउनेछन् ।

आयोजकले यसअघि एक वर्षसम्म साहित्यसम्बन्धी संवाद कार्यक्रम 'साङ्ग्रिला संवाद' सञ्चालन गरेको थियो। सोही कार्यक्रमको निरन्तरताका रूपमा दुईदिने साहित्य महोत्सव आयोजना गर्न लागिएको हो ।

साहित्य र कलामार्फत पठन संस्कृतिको विकास गर्ने, सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक आदानप्रदानलाई सुदृढ बनाउने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा प्रवेश निःशुल्क रहनेछ । सहभागी लेखक तथा कलाकर्मी र कार्यक्रमका विस्तृत विवरण आयोजकले पछि सार्वजनिक गर्ने जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
पुष ११ र १२ गते ‘साङ्ग्रिला लिटरेचर फेस्टिभल’ हुँदै

पुष ११ र १२ गते ‘साङ्ग्रिला लिटरेचर फेस्टिभल’ हुँदै

काठमाडौं । साङ्ग्रिला लिटरेचर फेस्टिभलको पहिलो संस्करण यही पुष ११ र १२ गते आयोजना हुने भएको छ । ललितपुरमा हुने यो महोत्सव सिर्जनशीलता, विचार तथा सांस्कृतिक आदानप्रदानको उत्सव हुने आयोजकले जानकारी दिएका छन् । काठमाडौं साङ्ग्रिला …

#साङ्ग्रिला #महोत्सव #काठमाडौं
Compare →
Hamro Patro News
2h ago
नेपाल–जापान फेस्टिभलको तयारी पूरा, ४६ वर्षपछि काठमाडौंमा प्रस्तुति दिँदै जापानी सांगीतिक समूह गोडाइगो

नेपाल–जापान फेस्टिभलको तयारी पूरा, ४६ वर्षपछि काठमाडौंमा प्रस्तुति दिँदै जापानी सांगीतिक समूह गोडाइगो

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको आइतबार (भोलि) काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल–जापान महोत्सव ...

#महोत्सव #काठमाडौं #फेस्टिभल
Compare →
Nagarik News
1d ago
कन्याममा चिया महोत्सव हुने

कन्याममा चिया महोत्सव हुने

इलामसहित नेपाली अर्थाेडक्स चियालाई विश्वबजारमा चिनाउने प्रयासस्वरूप चियाको ‘राजधानी’ मानिने कन्याममा प्रथम सूर्याेदय चिया महोत्सव आयोजना गरिने भएको छ। यही मंसिर ५ र ६ मा कन्यामस्थित चिया परीक्षण तथा प्रवर्धन केन्द्र परिसरमा महोत्सव आयोजना गर्न लागिएको हो।

#महोत्सव #आयोजना
Compare →

Related Stories

World News
Build #2612