Trending
Prev Story
Next Story

कनक चैत्य महाविहारमा आयोजित महायज्ञमा राष्ट्रपति सहभागी

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ मंसिर, काठमाडौं । काठमाडौंको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मच्छिन्द्रनाथ मन्दिर) परिसरमा आयोजना गरिएको महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् । जगत् कल्याण र विश्व शान्तिको कामनासहित ५० वर्षपछि आयोजना गरिएको अयूता हुति महायज्ञमा …

कनक चैत्य महाविहारमा आयोजित महायज्ञमा राष्ट्रपति सहभागी

५ मंसिर, काठमाडौं । काठमाडौंको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मच्छिन्द्रनाथ मन्दिर) परिसरमा आयोजना गरिएको महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् ।

जगत् कल्याण र विश्व शान्तिको कामनासहित ५० वर्षपछि आयोजना गरिएको अयूता हुति महायज्ञमा राष्ट्रपति पौडेल शनिबार सहभागी भएका हुन् । उनी प्रथम महिला सविता पौडेलसहित महायज्ञमा सहभागी भएका थिए ।

आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा बिहीबारदेखि सुरु भएको महायज्ञ शनिबार सम्पन्न भएको हो । महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्मदेशना, स्वस्तिक वाचन तथा विभिन्न धार्मिक पूजापाठका विधि समावेश गरिएको थियो ।

आर्यावलोकितेश्वर सुधार समूहका अध्यक्ष निलकाजी शाक्यका अनुसार नेवा: संस्कृति र विशेषगरी वज्रयान बौद्ध परम्परामा अयूता हुति महायज्ञलाई अत्यन्त दुर्लभ र महत्त्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ ।

काठमाडौं उपत्यकाको नेवा: बौद्ध तथा तान्त्रिक परम्परासँग जोडिएको यो महायज्ञ ऐतिहासिक विहारहरूमा विशेष तान्त्रिक विधि, पञ्चोपचार पूजा र गुठी समुदायको सहभागितामा तीन दिनसम्म सञ्चालन गर्ने परम्परा रहेको उनले बताए ।

महायज्ञमा सहभागी हुने क्रममा राष्ट्रपति पौडेलले सेतो मच्छिन्द्रनाथ मन्दिरको दर्शन गर्नुका साथै हवनमा सहभागी भएर भेटीसमेत प्रदान गरेका थिए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डंगोललगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
‘अयूता हुति महायज्ञ’  समापनमा राष्ट्रपति पौडेल सहभागी

‘अयूता हुति महायज्ञ’ समापनमा राष्ट्रपति पौडेल सहभागी

काठमाडौँको मछिन्द्रबहालस्थित कनक चैत्य महाविहारमा दुर्लभ धार्मिक अनुष्ठान ‘अयूता हुति महायज्ञ’ सम्पन्न भएको छ। विहीबारदेखि सुरु भएको महायज्ञको समापन कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी ह...

#महायज्ञ #राष्ट्रपति #सहभागी
Compare →
Ekantipur
2h ago
साङ्ग्रिला लिटरेचर फेस्टिभल हुँदै

साङ्ग्रिला लिटरेचर फेस्टिभल हुँदै

काठमाडौँ साङ्ग्रिला फाउन्डेसनले आयोजना गर्ने दुईदिने महोत्सवमा नेपाल र भारतका लेखक, साहित्यकार, कलाकार, पाठक तथा संस्कृतिप्रेमी सहभागी हुनेछन्।

#आयोजना #काठमाडौं
Compare →
Nagarik News
23h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणमा मालपानीसहित ५२ व्यवसायी सहभागी हुँदै (सूचीसहित)

प्रधानमन्त्री शाहको भारत भ्रमणमा मालपानीसहित ५२ व्यवसायी सहभागी हुँदै (सूचीसहित)

प्रधानमन्त्री बालेन्द्र शाहको आइतबारदेखि सुरु हुने भारतको दुईदिने राजकीय भ्रमणमा निजी क्षेत्रबाट ५२ जना उद्योगी-व्यवसायी सहभागी हुने भएका छन्।

#सहभागी
Compare →

Related Stories

Technology
Build #2612