काठमाडौं । ज्यालासम्बन्धी विवाद समाधान नभएपछि जर्मनीको सबैभन्दा ठूलो मजदुर संगठन आईजी मेटलले सोमबारका लागि २४ घण्टे चेतावनीमूलक हडताल आह्वान गरेको छ । हडतालमा उत्तरी जर्मनीका १९ कम्पनीका करिब २३ हजार कामदार सहभागी हुने संगठनले जनाएको छ ।
हडतालमा अटोमोबाइल निर्माता मर्सिडिज बेन्ज, पानीजहाज निर्माता मेयर वेफ्र्ट र वायु ऊर्जा कम्पनी सिमेन्स गामेसाका कर्मचारीसमेत सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )