काठमाडौँ । नेपाल र भारतबीचको सम्बन्ध दुई दाजुभाइको नाभी जोडिएजस्तै रहेको भारतका पूर्वप्रहरी अधिकारी एसपी वैदले बताएका छन्। प्रधानमन्त्री वालेन्द्र साह बालेनको पहिलो औपचारिक भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई पुनर्जीवित गर्दै रणनीतिक साझेदारीलाई थप बलियो बनाउने उनले अपेक्षा व्यक्त गरे।
भारतको जम्मु–कश्मीरका पूर्वप्रहरी महानिर्देशक वैदले दुई देशबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, सामाजिक र परम्परागत सम्बन्ध रहेको उल्लेख गर्दै दुवै मुलुकका नागरिकलाई एकअर्काको भूमिमा भिसाबिना आवतजावत गर्ने सुविधा रहेको बताए। नयाँदिल्लीमा समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले नेपाल र भारतको सम्बन्धलाई ऐतिहासिक र सभ्यतागत आधारले जोडेको भए पनि विगत केही वर्षयता विभिन्न कारणले तनाव उत्पन्न भएको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )