काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्दा उनी चढेको जहाज प्रत्यक्ष उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइट राडार २४’ मा विश्वभरमै सबैभन्दा बढी हेरिएको उडान बनेको छ । उनी दिल्ली पुग्दा नाै हजार तीन सयले प्रत्यक्ष हेरेका छन् । राडारले यसलाई विश्वभरमै सबैभन्दा बढी हेरिएको दाबी गरेको छ ।
आइतबार दिउँसो नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडानमार्फत प्रधानमन्त्री शाह दिल्ली प्रस्थान गरेलगत्तै उक्त जहाज फ्लाइट राडार २४ को विश्वव्यापी सूचीको ‘नम्बर एक’ मा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )