Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाह निगमको न्यारोबडीबाट दिल्ली जाँदै, विशेष उडानमा तीन जना पाइलट हुनेछन्

Ekantipur •
November 22, 2026 • 08:03 AM
9
9 reads 0 reactions

निगमसँग वाइडबडी विमान अभाव भएपछि नियमित दिल्ली उडानको न्यारोबडी प्रयोग गरिएको छ, जसमा भीभीआईपी सुरक्षा मापदण्ड लागू हुनेछ।

प्रधानमन्त्री शाह निगमको न्यारोबडीबाट दिल्ली जाँदै, विशेष उडानमा तीन जना पाइलट हुनेछन्

निगमसँग वाइडबडी विमान अभाव भएपछि नियमित दिल्ली उडानको न्यारोबडी प्रयोग गरिएको छ, जसमा भीभीआईपी सुरक्षा मापदण्ड लागू हुनेछ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह नेपाल वायुसेवा निगमको न्यारोबडी विमानबाट अहिले दिउँसोको उडानबाट भारतको नयाँ दिल्ली जाँदैछन् ।

प्रधानमन्त्रीको भ्रमणका लागि निगमको नियमित दिल्ली उडान आरए २१७ प्रयोग हुने भएको हो । निगमसंग वाइबडी विमान अभाव भएकाले न्यारोबडी विमान उडानमा राखिएको निगमको उच्च स्रोतले बतायो ।

नेपाल वायुसेवा निगमका एक निर्देशकका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ३४ जना छन् । न्यरोबडी विमान भएकाले निजी क्षेत्रका अधिकाशं सदस्य शनिबार अन्य निगम लगायत उडानबाट भारत गइसकेका छन् ।

प्रधानमन्त्रीको उडान निगमको भीभीआईपी उडान सञ्चालनसम्बन्धी कार्यविधि र म्यानुअल अनुसार संचालन गर्छ । यस्तो उडानमा कमान्ड सम्हाल्ने कप्तान इन्स्ट्रक्टर पाइलट (आईपी )हुनुपर्ने र चालक दलका तर्फबाट ककपिटमा तीन जनासम्म रहने व्यवस्था छ ।

‘सुरक्षा जँच पनि सामान्य उडानभन्दा बढी संवेदनशील र कडाइका साथ गरिन्छ,’ निगमका एक पाइलटले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक रिन्जी शेर्पाका अनुसार प्रधानमन्त्रीको आवागमनलाई ध्यानमा राखेर हवाई उडान सूचना (नोटाम) जारी गरीएको छ ।

‘हामी भीभीआईपीको वास्तविक आवागमनलाई हेरेर रियल टाइममै नोटाम जारी गर्छौं। पहिलेजस्तो लामो समय नराखी छोटो अवधिका लागि मात्रै यस्तो सूचना जारी गर्ने गरेका छौं,’ शेर्पाले भने।

प्रधानमन्त्रीको उडानका क्रममा विमानस्थलको हवाई आवागमन व्यवस्थापन, सुरक्षा जाच र अन्य उडानसंगको समन्वयलाई विशेष प्राथमिकता दिइने भनिएको छ । प्रधानमन्त्री सोमबार निगमको नियमित उडानबाटै काठमाडौं फर्किने तालिका छ ।

फर्किदा निजी क्षेत्रका प्रतिनिधिसहितको टोली रहेको जानकारी निगमले दिएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
विश्वकै सबैभन्दा धेरै ट्र्याक गरिएको उडान बन्यो प्रधानमन्त्री बालेन शाह चढेको विमान!

विश्वकै सबैभन्दा धेरै ट्र्याक गरिएको उडान बन्यो प्रधानमन्त्री बालेन शाह चढेको विमान!

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारत भ्रमणका लागि चढेको विमान अहिले विश्वभर सबैभन्दा धेरै ट्र्याक गरिएको उडान बनेको छ। उडानको प्रत्यक्ष अवस्थिति देखाउने चर्चित प्लेटफर्म FlightRadar...

#उडान #विमान #शाह
Compare →
Bizshala
1d ago
बालेन चढेको जहाज विश्वकै सर्वाधिक ट्र्याक हुने उडान बन्यो, फ्लाइट राडारमा देखियो अनौठो दृश्य

बालेन चढेको जहाज विश्वकै सर्वाधिक ट्र्याक हुने उडान बन्यो, फ्लाइट राडारमा देखियो अनौठो दृश्य

काठमाण्डौ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको औपचारिक भ्रमणमा प्रस्थान गर्दा उनी सवार विमान अन्तर्राष्ट्रिय...

#उडान #विमान
Compare →
Nagarik News
1d ago
राष्ट्रपति पौडेललाई पनि नभेटी दिल्ली जाँदै प्रधानमन्त्री शाह

राष्ट्रपति पौडेललाई पनि नभेटी दिल्ली जाँदै प्रधानमन्त्री शाह

विगतमा प्रधानमन्त्रीहरू विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई भेटेर भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रिय हितका विषयमा जानकारी गराउने अभ्यास रहँदै आएको थियो।

#शाह #दिल्ली #जाँदै
Compare →
Arthasansar
1d ago
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारतको राजधानी नयाँ दिल्लीलाई सजाइएको छ ।...

#दिल्ली
Compare →

Related Stories

Politics & Governance
Build #2612