६ मंसिर, पोखरा । माछापुच्छ्रे–१ तातोपानीका धेय लामा ‘दुई घण्टापछि भात खान आउँछु’ भन्दै बिहान ८ बजे निर्माणाधीन तातोपानी जलविद्युत् आयोजनातिर काममा निस्किएका थिए । तर उनी कहिल्यै फर्किएनन् । २३ वैशाख २०६९ मा सेतीको बाढीले उनीसहित धेरैलाई बेपत्ता पार्यो । दर्जनौं परिवारलाई घर, आफन्त र थातथलोबाट अलग पार्यो ।
धेय लामा बेपत्ता भएको डेढ दशक हुन लाग्यो । ‘न लास पाइयो, न सास । अब त आश पनि मर्यो’, उनका छोरा श्यामल तामाङले भने । उर्लिएको सेतीको बाढी देखेपछि बुवालाई केही भयो कि भनेर श्यामल जलविद्युत् आयोजनातिर दौडिए । तर त्यसतर्फ जाने गोरेटो सेतीले निलिसकेको थियो ।
Read full story at source ( onlinekhabar.com )