Trending
Prev Story
Next Story

युद्धले गाजाका बालबालिका गम्भीर जोखिममा : सेभ द चिल्ड्रेन

Ekantipur •
November 21, 2026 • 12:32 PM
3
3 reads 0 reactions

प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वका प्रत्येक चारमध्ये एक अर्थात् करिब ५८ करोड ९० लाख बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बसोबास गरिरहेका थिए

युद्धले गाजाका बालबालिका गम्भीर जोखिममा : सेभ द चिल्ड्रेन

प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वका प्रत्येक चारमध्ये एक अर्थात् करिब ५८ करोड ९० लाख बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बसोबास गरिरहेका थिए

अम्मान — तीन वर्ष लामो युद्धपछि गाजापट्टीका बालबालिकाले जोखिमपूर्ण जीवन बाँचिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'सेभ द चिल्ड्रेन' ले जनाएको छ ।

बारम्बारको विस्थापन, परिवारका सदस्यको मृत्यु, स्वास्थ्य सेवा र शिक्षाको अभाव तथा दयनीय जीवनयापनका कारण बालबालिका गम्भीर संकटमा परेको संस्थाले जनाएको छ ।

सेभ द चिल्ड्रेनको वार्षिक विश्व प्रतिवेदनअनुसार गत वर्ष विश्वभर बालबालिकामाथि भएका दसौं हजार आक्रमण र अधिकार उल्लंघनका घटनामध्ये झन्डै एक तिहाइ प्यालेस्टिनी क्षेत्रमा भएका थिए ।

करिब २० लाख जनसंख्या रहेको सानो क्षेत्र गाजामा अवस्था झन् भयावह छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार यसमा युद्धका क्रममा कम्तीमा २० हजार बालबालिका मारिएका छन् ।

प्यालेस्टिनी क्षेत्रमा बालबालिकाविरुद्धका करिब १२ हजार ५ सय उल्लंघनका घटना अभिलेख गरिएका छन् । जसमा मुख्यतया अस्पताल र विद्यालयमाथिका आक्रमण तथा मानवीय सहायतामा रोक लगाउने कार्य समावेश छन् ।

सन् २०२५ को अक्टोबरमा हमाससँग युद्धविराम सम्झौता भए पनि इजरायलले आक्रमण जारी राखेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि इजरायली सेनाले युद्धविराम उल्लंघनको जवाफमा लडाकुहरूलाई लक्षित गरी आक्रमण गरिएको दाबी गर्दै आएको छ ।

सेभ द चिल्ड्रेनका क्षेत्रीय निर्देशक अहमद अलहेन्दावीले बालबालिकामा परेको शारीरिक र मानसिक असर वर्षौंसम्म रहने बताए ।

'बाँचेका धेरै बालबालिका आफैं घाइते छन् र अभिभावकविहीन बनेका छन्,' उनले भने,  'यो स्तरको उल्लंघन रोक्ने कार्य अन्तर्राष्ट्रिय समुदायको प्राथमिकतामा पर्नुपर्छ ।'

प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वका प्रत्येक चारमध्ये एक अर्थात् करिब ५८ करोड ९० लाख बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बसोबास गरिरहेका  थिए ।

यो सन् १९९० मा शीतयुद्ध अन्त्य भएयताकै उच्च संख्या हो । इरान, लेबनान, यमन र पश्चिम  जारी युद्धका कारण सन् २०२६ मा यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

यसका साथै कंगो, नाइजेरिया, सुडान, सोमालिया र युक्रेनका बालबालिकासमेत युद्धको चपेटामा परेको प्रतिवेदनमा औंल्याइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
घरायसी विवादमा बन्च’ रो प्रहा’र गरी श्रीमती र दुई छोराछोरीको ह’त्या, एक छोरा गम्भीर

घरायसी विवादमा बन्च’ रो प्रहा’र गरी श्रीमती र दुई छोराछोरीको ह’त्या, एक छोरा गम्भीर

घरायसी विवादका क्रममा दैलेखमा ३८ वर्षीय अम्बर सलामी मगरले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन्।

#गम्भीर
Compare →
Hamro Patro News
4h ago
बाबुको बञ्चरो प्रहारबाट २ बालबालिकाको मृत्यु, आमा र छोरा घाइते

बाबुको बञ्चरो प्रहारबाट २ बालबालिकाको मृत्यु, आमा र छोरा घाइते

दैलेख– दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा श्रीमानले बञ्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ भने श्रीमती र अर्का छोरा गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार बिहा...

#बालबालिका
Compare →
Bizshala
2d ago
दादुराबाट बच्न बालबालिकाको खोप नछुटाउन आग्रह

दादुराबाट बच्न बालबालिकाको खोप नछुटाउन आग्रह

काठमाण्डौ । विभिन्न देशमा दादुराको संक्रमण पुनः बढ्न थालेपछि परिवार कल्याण महाशाखाले बालबालिकाको नियमित खोप...

#बालबालिका
Compare →
Onlinekhabar
3d ago
‘जलवायु परिवर्तनको असरलाई विश्वले गम्भीर रुपमा लिनुपर्छ’

‘जलवायु परिवर्तनको असरलाई विश्वले गम्भीर रुपमा लिनुपर्छ’

२ मंसिर, बुटवल । जलवायु परिवर्तनको असरलाई विश्व समुदायले गम्भीर रुपमा लिनुपर्नेमा नेपाली प्रतिनिधिले जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै रुपन्देहीको भैरहवाकी युवा नेतृ तथा जलवायु क्षेत्रको जानकार स्वाती थापाले …

#गम्भीर
Compare →

Related Stories

World News
Build #2612