Trending
Prev Story
Next Story

‘जलवायु परिवर्तनको असरलाई विश्वले गम्भीर रुपमा लिनुपर्छ’

Onlinekhabar •
November 18, 2026 • 10:00 AM
3
3 reads 0 reactions

२ मंसिर, बुटवल । जलवायु परिवर्तनको असरलाई विश्व समुदायले गम्भीर रुपमा लिनुपर्नेमा नेपाली प्रतिनिधिले जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै रुपन्देहीको भैरहवाकी युवा नेतृ तथा जलवायु क्षेत्रको जानकार स्वाती थापाले …

‘जलवायु परिवर्तनको असरलाई विश्वले गम्भीर रुपमा लिनुपर्छ’

२ मंसिर, बुटवल । जलवायु परिवर्तनको असरलाई विश्व समुदायले गम्भीर रुपमा लिनुपर्नेमा नेपाली प्रतिनिधिले जोड दिएका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै रुपन्देहीको भैरहवाकी युवा नेतृ तथा जलवायु क्षेत्रको जानकार स्वाती थापाले नेपालमा जलवायु परिवर्तनले पुराएको असरबारे विश्व समुदायलाई ध्यानाकर्षण गराउँदै संसारको सामु ठूलो चुनौती सृजना भएको पनि बताइन् ।

‘जलवायुु परिवर्तनको असर कुुनै एक देश, क्षेत्रलाई मात्रै नभई संसारभर पर्ने गर्दछ । नेपालको भोटेकोशी, बुुढिगण्डकी, त्रिशुुली नदीमा आएको अकास्मात बाढी पनि त्यसैको असर हो,यो विस्तारै संसारभरि फैलिनेछ’, सम्मेलनमा उनले भनेकी छन्, ‘यसैले विश्व समुदाय सचेत भई एकअर्कामा हातेमालो गरेर अगाडी बढ्नुुको विकल्प छैन ।’

सो सम्मेलनमा उनले शिक्षा, कृत्रिम बुद्धिमत्ता एआई, शैक्षिक न्याय, जलवायु परिवर्तन तथा विपद्का समयमा शिक्षाको निरन्तरतासम्बन्धी महत्वपूर्ण विषयहरू पनि उठान गरेकी थिईन् ।

अन्तर्राष्ट्रिय सिम्पोजियममा वक्ताका रूपमा सहभागी थापाले आर्टिफिसीयल इन्टेलिजेनस र एजुुकेशनल जस्टीश शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुुत समेत गरेकी थिइन् । उक्त कार्यक्रममा थापाले आफ्नो कार्यपत्रमा विशेषगरी रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा गोरखाको बूढीगण्डकी नदी क्षेत्रमा परेको बाढीको प्रभावलाई उल्लेख गर्दै विपद्का समयमा विद्यालय, शिक्षक र विद्यार्थीले भोग्नुपर्ने चुनौती तथा सिकाइ निरन्तरताको आवश्यकताबारे विश्वको ध्यानकर्षण गराएकी थिइन् ।

उनले कृत्रिम बुद्धिमत्तालाई शिक्षामा समान पहुँच र अवसर विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गर्दै प्रविधिको प्रभावकारी उपयोगका लागि दक्ष तथा सशक्त शिक्षक, सबल शैक्षिक संस्था र समावेशी नीतिगत व्यवस्थाको आवश्यकता औँल्याइन्। विशेषगरी ग्रामीण, दुर्गम तथा आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकाले पनि गुणस्तरीय शिक्षामा समान अवसर पाउनुपर्नेमा उनले जोड दिइन् ।

उनले नेपालका चुनौतीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै विभिन्न देशका संस्था, विकास साझेदार, शिक्षाविद् तथा अन्तर्राष्ट्रिय सञ्जालसँग सहकार्य र सम्बन्ध विस्तार गरी नेपालका लागि दीर्घकालीन सहयोग र अवसर जुटाउनुपर्नेमा जोड दिइन् ।

अन्तर्राष्ट्रिय समुदायको महत्वपुर्ण उपस्थिती रहेको सम्मेलनमा नेपालको प्रतिनिधीले शिक्षा, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका सवाललाई अन्तर्राष्ट्रिय बहससँग जोड्नुका साथै नेपालका लागि अन्तर्राष्ट्रिय सहकार्य, सञ्जाल विस्तार र सहयोगका नयाँ सम्भावना खोज्ने अवसर प्रदान गरेको उनले जानकारी दिइन् ।

कार्यक्रममा अन्तराष्ट्रिय एजुकेटर विथवाउट बोर्डर ईडब्लुबिआईले संयोजन गरेको उक्त सम्मेलनमा विभिन्न देशका विषय विज्ञहरुको सहभागिता रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
16h ago
जलवायु परिवर्तनमा न्यून योगदान पुर्‍याएको मुलुकले सबैभन्दा गम्भीर परिणाम भोग्नुपरेको छ : मन्त्री चौधरी

जलवायु परिवर्तनमा न्यून योगदान पुर्‍याएको मुलुकले सबैभन्दा गम्भीर परिणाम भोग्नुपरेको छ : मन्त्री चौधरी

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा कोप–३१ अन्तर्गत आज यहाँ आयोजित नोक्सानी र क्षतिसम्बन्धी उच्चस्तरीय मन्त्रीस्तरीय संवादलाई सम्बोधन गर्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौध...

#जलवायु #परिवर्तन #गम्भीर
Compare →
Nagarik News
19h ago
जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालका लागि जलवायु परिवर्तन बढ्दो तापक्रम वा वैज्ञानिक अध्ययनको विषयमा मात्र सीमित नरहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकी हुन्।

#जलवायु #परिवर्तन
Compare →
Ekantipur
6h ago
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

खडेरी र अतिवृष्टि दुवैको सामना गर्दै आएको देशका रूपमा चिनिने अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

#जलवायु #परिवर्तन
Compare →

Related Stories

World News
Build #2612