Trending
Prev Story
Next Story

समयले जिते ‘कमेडियन अफ द इयर’ अवार्ड

Nagarik News •
November 21, 2026 • 09:56 AM
2
2 reads 0 reactions

शुक्रबार मुम्बईमा सार्वजनिक गरिएको विजेताको सूचीमा रैनालाई भारतीय स्ट्यान्डअप कमेडी र डिजिटल क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको हो।

समयले जिते ‘कमेडियन अफ द इयर’ अवार्ड

भारतका चर्चित हास्य कलाकार (कमेडियन) समय रैनाले दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म महोत्सव अवार्ड २०२६ मा ‘कमेडियन अफ द इयर’ अवार्ड जितेका छन्।

शुक्रबार मुम्बईमा सार्वजनिक गरिएको विजेताको सूचीमा रैनालाई भारतीय स्ट्यान्डअप कमेडी र डिजिटल क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको हो।

दैनिक जीवनका घटनालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्ने उनी दर्शकसँगको प्रत्यक्ष संवाद र फरक प्रस्तुतिका कारण लोकप्रिय छन्।

स्ट्यान्डअप कमेडीबाट करिअर सुरु गरेका रैना ‘कमिक्सस्तान’को दोस्रो सिजनका संयुक्त विजेता हुन्। उनले सञ्चालन गरेको डिजिटल हास्य कार्यक्रम ‘इन्डियाज गट लेटेन्ट’ले पनि उनलाई थप चर्चित बनाएको थियो। यसबाहेक उनको एकल प्रस्तुति ‘स्टिल अलाइभ’ पनि चर्चित छ।

यस वर्षको दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म महोत्सव अवार्डमा फिल्म ‘धुरन्धर’ले सबैभन्दा धेरै ६ विधामा अवार्ड जितेको छ। फिल्मका अभिनेता रणवीर सिंह उत्कृष्ट अभिनेता घोषित भएका छन् भने निर्देशक आदित्य धरले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन्। फिल्मले उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक, उत्कृष्ट निर्माता, संगीत निर्देशक र नकारात्मक भूमिकालगायतका विधामा अवार्ड जितेको छ।

त्यस्तै, ‘सैयारा’बाट अनित पड्डाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। ‘कान्तारा : च्याप्टर १’ले समीक्षकको रोजाइमा उत्कृष्ट फिल्मको अवार्ड पाएको छ भने यसै फिल्मबाट ऋषभ शेट्टी उत्कृष्ट अभिनेता घोषित भएका छन्।

‘हक’बाट यामी गौतम धरले समीक्षकको रोजाइमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। संगीततर्फ करण औजला वर्षका उत्कृष्ट कलाकार घोषित भएका छन्। इलैयाराजाले संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विशेष सम्मान पाएका छन् भने कमल हासनले फिल्म क्षेत्रमा योगदान पुर्‍याएकोमा सम्मान प्राप्त गरेका छन्।

अन्तर्राष्ट्रिय विधातर्फ टेलर स्विफ्ट वर्षकी अन्तर्राष्ट्रिय कलाकार घोषित भएकी छन्। जेम्स क्यामरुनले विश्व सिनेमामा योगदान पुर्‍याएको भन्दै सम्मान पाएका छन्।

‘अवतार : फायर एन्ड ऐश’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म बनेको छ भने ‘सिनर्स’बाट माइकल बी जोर्डन र ‘ह्याम्नेट’बाट जेसी बक्लीले क्रमशः उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जितेका छन्। त्यस्तै, पल थोमस एन्डरसन उत्कृष्ट अन्तर्राष्ट्रिय निर्देशक घोषित भएका छन्।

दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म महोत्सव सन् २०१२ मा स्थापना भएको र सन् २०१६ मा औपचारिक रूपमा अघि बढाइएको संस्था हो। यसले भारतीय फिल्म, टेलिभिजन तथा अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याउने कलाकार र सिर्जनाकर्मीलाई सम्मान गर्दै आएको छ।

यसको नाम भारतीय सिनेमाका पिता मानिने धुन्डिराज गोविन्द फाल्केको नामबाट राखिएको हो। महोत्सवले फिल्म, वेब सिरिज, टेलिभिजन, संगीत र मनोरञ्जनका विभिन्न विधामा अवार्ड प्रदान गर्छ।

यद्यपि, दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म महोत्सवले प्रदान गर्ने यो अवार्ड भारत सरकारले दिने आधिकारिक दादासाहेब फाल्के पुरस्कारभन्दा फरक हो। यो महोत्सवले आयोजना गर्ने छुट्टै अवार्ड कार्यक्रम हो।

प्रकाशित: ५ मंसिर २०८३ १५:४१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
समय रैना : डिप्रेसनमा पुगेका थिए कमेडियन, च्याटजीपीटीलाई सोध्थे यस्तो प्रश्न

समय रैना : डिप्रेसनमा पुगेका थिए कमेडियन, च्याटजीपीटीलाई सोध्थे यस्तो प्रश्न

कमेडियन समय रैना फेरि चर्चामा छन् । यसपटक उनको चर्चा कुनै विवादित अभिव्यक्ति वा कमेडीका कारण होइन, आफ्नो जीवनको कठिन समयबारे गरेको खुलासाका कारण भएको हो । करिब दुई वर्षअघि विवादमा परेपछि उनको शो ‘इन्डियाज गट …

#रैना #कमेडियन
Compare →
Hamro Patro News
7h ago
नेपालकी छोरी डा. रोजी प्रधान श्रेष्ठले जितिन् ५ करोड २५ लाख रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय अवार्ड!

नेपालकी छोरी डा. रोजी प्रधान श्रेष्ठले जितिन् ५ करोड २५ लाख रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय अवार्ड!

नेपाली मूलकी डा. रोजी प्रधान श्रेष्ठले प्रतिष्ठित ब्रिटिस एकेडेमी इन्टरनेसनल फेलोसिप अवार्ड २०२६ प्राप्त गरेकी छन्। यस अवार्डको मूल्य ५ करोड २५ लाख नेपाली रुपैयाँ बराबर रहेको बताइएको छ।

#अवार्ड
Compare →
Bizshala
1w ago
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, उत्कृष्ट ह्याचब्याक र किफायती कारको उपाधि

काठमाण्डौ । विद्युतीय सवारीसाधन प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस...

#अवार्ड
Compare →
Ekantipur
2w ago
युवा नेपाली पर्वतारोही निमा रिन्जी शेर्पा ‘शेर्पा अफ द इयर’

युवा नेपाली पर्वतारोही निमा रिन्जी शेर्पा ‘शेर्पा अफ द इयर’

पर्वतारोहण क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदान र उपलब्धिको कदर गर्दै उनलाई अवार्ड प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

#अवार्ड #इयर
Compare →

Related Stories

World News
Build #2612