Trending
Prev Story
Next Story

समाजमा सद्‌भाव र सदाचार कायम गर्न सबै जुट्नुपर्छ : मुख्यमन्त्री भट्ट

Nagarik News •
November 21, 2026 • 10:14 AM
2
2 reads 0 reactions

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा दया, करुणा तथा सद्भाव कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।

समाजमा सद्‌भाव र सदाचार कायम गर्न सबै जुट्नुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा दया, करुणा तथा सद्भाव कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।

कैलालीको धनगढीमा आयोजित आज ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र धनगढीको ३५औँ वार्षिकोत्सव समारोहमा उनले समाजलाई सकारात्मक दिशामा अघि बढाउन नयाँ दर्शन, विचार र सदाचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

मुख्यमन्त्री भट्टले विश्वमा बढ्दै गएको द्वन्द्व, अशान्ति र विभिन्न अभावका बीच शान्तिको कामना भइरहेको र यसमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तथा ओमशान्ति परिवारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गरे। उनले समाज रूपान्तरण, शान्ति, सदाचार र सामाजिक सद्भावका लागि यस संस्थाले पुर्‍याउँदै आएको योगदानबाट अरूले पनि शिक्षा लिनुपर्ने बताए।

‘समाजमा सकारात्मक सोच, नैतिक मूल्य, आध्यात्मिक चेतना र आपसी सद्भावको विकास गर्दै समुन्नत समाज निर्माणमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गरौँ’, मुख्यमन्त्री भट्टले भने, ‘सरकार, सरोकार भएका निकाय र धार्मिक तथा आध्यात्मिक संस्थाले आफ्नो दायित्व निर्वाह गरे समाज विकासमा सकारात्मक टेवा पुग्नेछ।’

उनले प्रदेश सरकारले स्थानीय आवश्यकता र नागरिकका अपेक्षाअनुसार विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा काम गरिरहेको बताए। मुख्यमन्त्री भट्टले सुदूरपश्चिमलाई अझ सबल, सक्षम र अनुकरणीय बनाउन सबै क्षेत्र, संस्था तथा नागरिकको साथ र सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले समाजमा बढ्दै गएको बेचैनी, अशान्ति र असहिष्णु प्रवृत्तिलाई आध्यात्मिक जागरणका माध्यमबाट निरुत्साहित गर्न सकिने बताए। यस कार्यमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलगायत धार्मिक तथा आध्यात्मिक संस्थाको भूमिका महत्त्वपूर्ण हुने धारणा राखेका थिए। रासस

प्रकाशित: ५ मंसिर २०८३ १५:५९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँ : मुख्यमन्त्री भट्ट

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा दया, करुणा तथा सद्भाव कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । कैलालीको धनगढीमा आयोजित आज ब्रह्मकुमारी ईश्वरीय विश्ववि...

#मुख्यमन्त्री #भट्ट #कायम
Compare →
Ekantipur
18h ago
मधेशको मुख्यमन्त्रीमा दाबी परेन, प्रदेश प्रमुख परामर्शमा

मधेशको मुख्यमन्त्रीमा दाबी परेन, प्रदेश प्रमुख परामर्शमा

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी नपरेपछि अब फेरि त्यही उपधाराबमोजिम आह्वान गर्ने कि उपधारा ३ मा जाने भन्ने निर्णय प्रदेश प्रमुखले गर्न बाँकी छ ।

#मुख्यमन्त्री
Compare →
Onlinekhabar
23h ago
मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

५ मंसिर, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा …

#मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612