Trending
Prev Story
Next Story

मधेशको मुख्यमन्त्रीमा दाबी परेन, प्रदेश प्रमुख परामर्शमा

Ekantipur •
November 20, 2026 • 05:02 PM
3
3 reads 0 reactions

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी नपरेपछि अब फेरि त्यही उपधाराबमोजिम आह्वान गर्ने कि उपधारा ३ मा जाने भन्ने निर्णय प्रदेश प्रमुखले गर्न बाँकी छ ।

मधेशको मुख्यमन्त्रीमा दाबी परेन, प्रदेश प्रमुख परामर्शमा

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी नपरेपछि अब फेरि त्यही उपधाराबमोजिम आह्वान गर्ने कि उपधारा ३ मा जाने भन्ने निर्णय प्रदेश प्रमुखले गर्न बाँकी छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आह्वान गरेको समयसीमाभित्र मुख्यमन्त्रीमा कसैको दाबी नपरेपछि नयाँ सरकार गठन पेचिलो बनेको छ । संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न शुक्रबारसम्म समय दिइएको थियो । कसैको पनि दाबी नपरेपछि प्रदेश प्रमुख कर्णले आगामी प्रक्रियाका लागि छलफल र परामर्शमा लागेका छन् ।

एमाले, नेकपा र कांग्रेसका संसदीय दलका नेताहरूले शुक्रबार अपराह्न पौने ४ बजे प्रदेश प्रमुख कर्णको कार्यालयमा प्रवेश गरेर चाडपर्व र एमालेको राष्ट्रिय भेला भएकाले तोकिएको समयमा दाबी पेस गर्न नसकेको भन्दै संविधानको धारा १६८ (२) बमोजिम नै समय थप गर्न माग गरेका थिए । नेकपा संसदीय दलका नेता युवराज भट्टराईको सरकारी निवासमा छलफल गरी समय थपका लागि आग्रह गर्ने सहमति जुटाएर उनीहरू प्रदेश प्रमुखको कार्यालयमा गएका थिए ।

कांग्रेस संसदीय दलका नेता एवं कामचलाउ मुख्यमन्त्री कृष्णप्रसाद यादवले चाडपर्व र एमालेको भेलाका कारण राजनीति दलबीच सहमति हुन ढिलाइ भएकाले समय थपका लागि प्रदेश प्रमुखलाई आग्रह गरिएको बताए । ‘दाबीका लागि सात दिनको म्याद दिइएको थियो । तर यसबीचमा चाडपर्वले समय खायो, एमालेको भेलाले पनि समय लियो । समय अपुग भयो,’ उनले भने, ‘त्यसैले केही समय थप्न प्रदेश प्रमुखलाई आग्रह गरेका छौं ।’

एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि कांग्रेसका यादवको नेतृत्वको सरकार संकटमा परेको थियो । विश्वासको मत लिन सक्ने अवस्था नभएपछि यादवले २८ कात्तिकमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि मुख्यमन्त्रीमा दाबीका लागि प्रदेश प्रमुख कर्णले शुक्रबारसम्मको समय तोकेका थिए ।

समय घर्किएपछि जसपा नेपालका सांसदहरूले प्रदेश प्रमुखलाई भेटेर संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलका संसदीय दल नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न आग्रह गरेका थिए । जसपा नेपालका नेता लालबाबु राउतले दुई वा दुईभन्दा बढी दलको सहमतिमा सरकार दाबी गर्ने समय सकिएकाले प्रदेश प्रमुखले धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा जसपा नेपालका संसदीय दल नेता सरोजकुमार यादव (बारा) लाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुपर्ने तर्क गरे । ‘राजनीतिमा कुन दलसँग मिल्ने–नमिल्ने छुट छ । एमालेसँग हाम्रो सहकार्य किन भएन ? त्यस विषयमा नजाऔं,’ मधेश प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता राउतले भने, ‘प्रदेश प्रमुखज्यूलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्ति गर्न आग्रह गरेका छौं ।’

मुख्यमन्त्रीमा दाबी पेस गर्ने अन्तिम दिन मधेश प्रदेशका ठूलो दल जसपा नेपालले एमालेसँग सहकार्य गर्न नसकिने बताएपछि नयाँ सरकार गठन प्रक्रिया लम्बिएको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव एमालेसँग मिलेर मधेश प्रदेशमा सरकार बनाउन नसकिने अडानमा रहेको नेताहरूले जनाएका छन् । ‘एमालेले दल टुक््रयाएको, लुम्बिनीमा आफ्नो सांसद तानेर सरकार बनाएको र मधेश प्रदेशमा पनि लुम्बिनीजस्तै हविगत ल्याउन खोजेको भन्दै पार्टी अध्यक्ष एमालेसँग रुष्ट हुनुहुन्छ,’ जसपा नेपालका एक प्रदेश सांसदले भने, ‘एमालेसँग सरकारमा नजाने अध्यक्षको प्रस्ट अडान आइसकेको छ । अब अर्को कुन विकल्पमा जाने भने छलफल भइरहेको छ ।’

जसपा नेपालका अध्यक्ष यादवले मधेश प्रदेशमा कांग्रेस र जनमत पार्टीसँग मिलेर सरकार बनाउन चाहेका छन् । तर कांग्रेसले यस मामिलामा प्रस्ट पारेको छैन । दुई दिनअघि कांग्रेसको जनकपुरमा बसेको संसदीय दलको बैठकमा सरकारका लागि खुला रहने सहमति भएको थियो । अब मधेश प्रदेशमा अर्को सरकार गठनका लागि कुन उपधाराको प्रक्रिया टेक्ने भन्नेमा प्रदेश प्रमुखले निर्णय गर्न सकेका छैनन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
6h ago
मधेशमा अब संविधानको धारा १६८ (२) कि (३) अनुसारको सरकार ?

मधेशमा अब संविधानको धारा १६८ (२) कि (३) अनुसारको सरकार ?

४ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया संविधानको धारा १६८ को उपधारा २ र ३ को गोलचक्करमा परेको छ । कात्तिक २८ गते मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ …

#संविधान #१६८ #मधेश
Compare →
Arthasansar
6d ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#मुख्यमन्त्री #मधेश
Compare →
Hamro Patro News
6d ago
मधेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

मधेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

मधेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान नेपाली कंग्रेसका नेता कृष्णप्रसाद यादवले विश्वासको मत नपाउने देखिएपछि आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । कार्तिक २८, २०८३ कान्...

#मुख्यमन्त्री #मधेश
Compare →
Nagarik News
6d ago
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् ।

#मुख्यमन्त्री #मधेश
Compare →

Related Stories

Politics & Governance
Build #2612