Trending
Prev Story
Next Story

मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
13
13 reads 0 reactions

५ मंसिर, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा …

मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

५ मंसिर, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

तर, तोकिएको समयभित्र कुनै पनि दलले मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस नगरेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

धनुषा- मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णलेले नेपालको संविधानको धारा १६८ को उपधा...

#मुख्यमन्त्री #यादव #नियुक्त
Compare →
Ekantipur
1d ago
सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८(३) अनुसार नियुक्त गरेका हुन्।

#यादव #नियुक्त #जसपा
Compare →
Nagarik News
5h ago
मधेसमा सर्वदलीय सरकार बनाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव

मधेसमा सर्वदलीय सरकार बनाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन्।

#मुख्यमन्त्री #यादव #नियुक्त
Compare →
Bizshala
9h ago
कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

काठमाडौं। हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय...

#मधेश
Compare →
Arthasansar
3d ago
दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका विभिन्न १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद...

#जसपा
Compare →

Related Stories

Politics & Governance
Build #2612