Trending
Prev Story
Next Story

स्थानीय निर्वाचनमा एमाले र मसालसँग कार्यगत एकताको सहमति भइसकेको छ : दाहाल

Ekantipur •
November 21, 2026 • 09:32 AM
2
2 reads 0 reactions

नेकपा संयोजक पुष्पकमल दाहालले स्थानीय तह र प्रदेशको निर्वाचन एकै पटक गरेर संविधान मिच्ने प्रयास गरे देश फेरि दुर्घटनामा जाने बताएका छन् ।

स्थानीय निर्वाचनमा एमाले र मसालसँग कार्यगत एकताको सहमति भइसकेको छ : दाहाल

नेकपा संयोजक पुष्पकमल दाहालले स्थानीय तह र प्रदेशको निर्वाचन एकै पटक गरेर संविधान मिच्ने प्रयास गरे देश फेरि दुर्घटनामा जाने बताएका छन् ।

भक्तपुर — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले स्थानीय तह र प्रदेशको निर्वाचन एकै पटक गरेर संविधान मिच्ने प्रयास गरे देश फेरि दुर्घटनामा जाने बताएका छन् । नेकपा भक्तपुरले आज मध्यपुर थिमिमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै संयोजक दाहालले संविधान तथा कानुनले व्यवस्था गरेअनुसार आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

जेठ ५ गते स्थानीय तहको पाँचवर्षे कार्यकाल पूरा हुने र मंसिरमा प्रदेशको कार्यकाल पूरा हुने गरी निर्वाचन गर्नुपर्ने उनले बताए । स्थानीय र प्रदेशको चुनाव एकै पटक गर्‍यो भने पोहोर प्रतिनिधिसभाको निर्वाचनमा जस्तै हावाहुरी ल्याएर जित्न सकिन्छ भन्ने सत्ताधारी दललाई लागेको हुन सक्ने उनको भनाइ थियो ।

संविधान र कानुन मिचेर निर्वाचन गर्न खोज्दा प्रतिक्रान्तिकारी शक्तिहरूले त्यसलाई अवसरका रूपमा प्रयोग गर्न सक्ने संयोजक दाहालको भनाइ थियो । निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको र आगामी मंसिरको पहिलो साता प्रदेशको निर्वाचन गर्ने प्रस्ताव शुक्रबार आयोगले दलहरूसँग गरेको बैठकमा राखेको दाहालले बताए । दलहरूको भनाइ पनि संविधानले व्यवस्था गरेअनुसार नै निर्वाचन हुनुपर्छ भन्ने रहेको तर रास्वपाका अध्यक्ष रवि लामिछानेले एक पटक सर्वदलीय बैठक राखेर छलफलबाट निर्वाचनबारे टुंग्याई मिति घोषणाका लागि आयोगलाई सिफारिस गर्ने बताएको उनको भनाइ थियो ।

'अहिले प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी कोणबाट हजारौँ सहिदहरू, हजारौँ बेपत्ता योद्धा, हजारौँ घाइते अपांग, लाखौँ जनताको तपस्याबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने कोसिस भइरहेको छ,' उनले भने, 'कतै न कतै फेरि अर्को दुर्घटनातिर देशलाई लैजाने षड्यन्त्रको गन्ध आइरहेको छ ।'

आगामी स्थानीय निर्वाचनमा आफ्नो पार्टीले विचार र मुद्दा मिल्ने वामपन्थी शक्तिहरूसँग सहकार्य गर्ने नीति लिएको बताउँदै एमाले र मसालसँग कार्यगत एकताका लागि सहमति भइसकेको उनले बताए । संयोजक दाहालले भ्रष्टाचार गर्नेहरूलाई संरक्षण गर्दै भ्रष्टाचारविरोधी अभियन्तालाई नियन्त्रणमा लिन सरकार उद्यत रहेको समेत बताए ।

कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले जागरण अभियान जनताको घरदैलोमा पुगेर विगतमा भएका र गरेका कामबारे प्रचार गर्न छुटाउन नहुने बताए । उनले नेता तथा कार्यकर्ताहरूलाई जागरण अभियानले नै अनुशासित बनाउनेसमेत बताए ।

सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
आगामी निर्वाचन स्वच्छ र धाँधलीरहित हुनुपर्छ : संयोजक दाहाल

आगामी निर्वाचन स्वच्छ र धाँधलीरहित हुनुपर्छ : संयोजक दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।

#प्रचण्ड #निर्वाचन #दाहाल
Compare →
Onlinekhabar
23h ago
स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गराउन खोज्दा राजनीतिक संकट आउनसक्छ : प्रचण्ड

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गराउन खोज्दा राजनीतिक संकट आउनसक्छ : प्रचण्ड

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउन नहुने धारणा राखेका छन् । संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने …

#प्रचण्ड #निर्वाचन #संविधान
Compare →
Hamro Patro News
1d ago
स्थानीय तह निर्वाचनबारे दलहरूबीच थप छलफल आवश्यक : प्रचण्ड

स्थानीय तह निर्वाचनबारे दलहरूबीच थप छलफल आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनका विषयमा राजनीतिक दलहरूबीच थप छलफल आवश्यक रहेको बताएका छन् । शुक्रबार (मंसिर ४) निर्वाचन आयोगले र...

#प्रचण्ड #निर्वाचन
Compare →
Bizshala
23h ago
स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डौ । निर्वाचन आयोगले आगामी २०८४ सालको वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि...

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612