काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनका विषयमा राजनीतिक दलहरूबीच थप छलफल आवश्यक रहेको बताएका छन् । शुक्रबार (मंसिर ४) निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूसँग गरेको छलफलमा सहभागी हुन पुगेका उनले यसबारे आ–आफ्नो पार्टीभित्र र अन्तरदलबीच थप संवादको आवश्यकता औँल्याएका हुन् ।
“राजनीतिक दलहरूको संयन्त्रभित्र पनि स्थानीय तह निर्वाचनलाई लिएर छलफल गर्नुपर्ने आवश्यकता महसुस भयो,” उनले भने ।
Read full story at source ( baahrakhari.com )