Trending
Prev Story
Next Story

छोरा हराएको खबर गर्दा हवल्दारलाई गाली गर्ने सहकर्मीमाथि छानबिन

Ekantipur •
November 21, 2026 • 08:02 AM
3
3 reads 0 reactions

घटनाको अडियो सार्वजनिक भएलगत्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जिल्ला प्रहरी कार्यालय रौतहटको गौर सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतोमाथि छानबिन प्रक्रिया अघि बढाएको छ ।

छोरा हराएको खबर गर्दा हवल्दारलाई गाली गर्ने सहकर्मीमाथि छानबिन

घटनाको अडियो सार्वजनिक भएलगत्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जिल्ला प्रहरी कार्यालय रौतहटको गौर सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतोमाथि छानबिन प्रक्रिया अघि बढाएको छ ।

रौतहट — छठ पर्व मनाउन राजधानीबाट घर आएका छोरा अचानक हराएको जानकारी गराउन फोन गरेका एक प्रहरी हवल्दारलाई ‘जय नेपाल’ नगरेको भन्दै गाली गर्ने अर्का हवल्दारमाथि छानबिन सुरु भएको छ ।

नेपाल प्रहरीको जनकपुर गणबाट थप मद्दतका लागि रौतहटको चन्द्रपुर–९, डुमरिया इलाका प्रहरी कार्यालयमा आएका प्रहरी हवल्दार सुरेश यादवका १७ वर्षीय छोरा चन्दनकुमार यादव दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट बेपत्ता भएका थिए । चन्दन एसईई सकेर अध्ययनका लागि राजधानीमा बस्दै आएका थिए ।

घटनाको जानकारी गराउन हवल्दार यादवले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा सम्पर्क गरेका थिए । त्यहाँबाट सञ्चार शाखामा जानकारी टिपाउन भनेपछि फोन गर्दा आफूलाई 'सञ्चारको सइ' बताउने व्यक्तिले अपमानजनक गालीगलौज गरेको उनको भनाइ छ ।

'मेरो छोरा हराएको पीडाले म राम्ररी सुत्नसमेत पाएको छैन । मैले जानकारी गराउन फोन गर्दा उल्टै गालीगलौज गर्नुभयो,' उनले भने, 'यो अवस्थामा के भनौं ? मैले कुनै गल्ती गरेको छैन । मलाई अपमानजनक गाली गर्ने काम भयो ।'

तर, गाली गर्ने सइ नभई जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतो भएको खुलेको छ । घटनाको अडियो सार्वजनिक भएलगत्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले हवल्दार महतोलाई निलम्बन गर्ने प्रक्रिया अघि बढाइएको बताए । 'हामीले दुवैबीच के भएको हो भन्ने अनुसन्धान सुरु गरेका छौं,' उनले भने, 'दुवै जनालाई प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ ।'

अडियोमा हवल्दार यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दारसाहेब कि असइसाहेब’ भन्दै परिचय सोधेको सुनिन्छ । त्यसपछि आफूलाई सइ बताउँदै महतोले बोल्ने शैलीप्रति प्रश्न गर्दै झपारेको र आफ्नो दर्जा बताउन नमिल्ने जवाफ दिएको सुनिन्छ ।

छोरा बेपत्ता भएको घटनाको जानकारी गराउन तथा खोजी र उद्धारका लागि फोन गरेका व्यक्तिमाथि नै दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि रौतहट प्रहरीको आलोचना भएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले विज्ञप्ति जारी गर्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीच भएको संवादमा सुनिएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
‘सञ्चारको सइ’ बनेर पीडित सहकर्मीलाई गाली गर्ने हवल्दारमाथि निलम्बन प्रक्रिया सुरु

‘सञ्चारको सइ’ बनेर पीडित सहकर्मीलाई गाली गर्ने हवल्दारमाथि निलम्बन प्रक्रिया सुरु

सार्वजनिक अडियोमा यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दारसाहेब कि असइसाहेब’ भनी परिचय सोधेको सुनिन्छ। तर, महतोले आफूलाई सइ बताउँदै ‘जय नेपाल’ नगरेको र बोल्ने शैली नमिलेको भन्दै यादवलाई झपारेका थिए।

#रौतहट #हवल्दार #गाली
Compare →
Onlinekhabar
23h ago
दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

५ मंसिर, सुर्खेत । बाबुले बञ्चरो प्रहार गर्दा दैलेखमा दुई सन्ताको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् । चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान …

#छोरा
Compare →
Hamro Patro News
4d ago
तिहार मनाउन घर फर्किएका बाबु–छोरा एकै चितामा

तिहार मनाउन घर फर्किएका बाबु–छोरा एकै चितामा

बाँके । एकै घरका बाबु–छोराको सडक दुर्घटनामा निधन भएपछि बाँकेको राप्ती सोनारी–५ स्थित चिलहरिया गाउँ शोकमग्न भएको छ। बर्दियाको गुलरियामा आफन्तलाई भेट्न जाँदै गरेका ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका...

#छोरा
Compare →

Related Stories

Sports
Build #2612