Trending
Prev Story
Next Story

दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ मंसिर, सुर्खेत । बाबुले बञ्चरो प्रहार गर्दा दैलेखमा दुई सन्ताको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् । चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान …

दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

५ मंसिर, सुर्खेत । बाबुले बञ्चरो प्रहार गर्दा दैलेखमा दुई सन्ताको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् ।

चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान करिब ९ : ३५ बजे परिवारका सदस्यमाथि बन्चरो चलाउँदा दुई जनाको मृत्यु भएको हो ।

उनले सामान्य घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन जना सन्तानमाथि बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

बन्चरो प्रहारबाट ३५ वर्षाीया श्रीमती मनीषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

बञ्चरो प्रहरबाट गम्भीर घाइते भएका उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि नगर अस्पताल दुल्लु पुर्‍याइएको थियो । तर उपचारका क्रममा १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

गम्भीर घाइते भएका उनीहरूलाई चिकित्सकले जाँच गर्दा शनिबार बिहान ११:१० बजे मृत्यु भएको घोषणा गरेका थिए ।

श्रीमती मनीषा सलामी मगर र ६ वर्षीय छोरा मिलन सलामीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको दैलेख प्रहरीले जनाएको छ  ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र बन्चरो चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान

५ मंसिर, सुर्खेत । बाबुले बञ्चरो प्रहार गर्दा दैलेखमा दुई सन्ताको मृत्यु भएको छ भने श्रीमतीसहित अर्का एक जना छोरा गम्भीर घाइते भएका छन् । चामुन्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम...

#प्रहार #बञ्चरो #दैलेख
Compare →
Ekantipur
42m ago
बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

दैलेखको चामुण्डा बिन्द्रासैनीमा घरायसी विवादका क्रममा बन्चरो प्रहार गरेका थिए । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

#प्रहार #छोरा #श्रीमती
Compare →
Nagarik News
4d ago
सामान्य विवादमा लोहोरो प्रहार गरी श्रीमतीको ह’त्या, श्रीमान् पक्राउ

सामान्य विवादमा लोहोरो प्रहार गरी श्रीमतीको ह’त्या, श्रीमान् पक्राउ

सामान्य विवादको क्रममा ढुङ्गाको लोहोरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सिन्धुलीमा एक व्यक्ति पक्राउ परेका छन्।

#प्रहार #श्रीमती
Compare →
Arthasansar
1w ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#प्रहार
Compare →

Related Stories

Technology
Build #2612