Trending
Prev Story
Next Story

दैलेखमा श्रीमान्‌को बञ्चरो प्रहारबाट घाइते श्रीमतीको पनि मृत्यु (अपडेट)

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ मंसिर, सुर्खेत । दैलेखमा श्रीमान्को बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी श्रीमती मनिषा सलामी मगरको पनि मृत्यु भएको छ । आफ्नै श्रीमती र तीन सन्तानमाथि चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोला गाउँका अम्बर सलामी मगरले बञ्चरो प्रहार गरेका …

दैलेखमा श्रीमान्‌को बञ्चरो प्रहारबाट घाइते श्रीमतीको पनि मृत्यु (अपडेट)

५ मंसिर, सुर्खेत । दैलेखमा श्रीमान्को बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी श्रीमती मनिषा सलामी मगरको पनि मृत्यु भएको छ ।

आफ्नै श्रीमती र तीन सन्तानमाथि चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोला गाउँका अम्बर सलामी मगरले बञ्चरो प्रहार गरेका थिए ।

उक्त घटनामा उपचारका क्रममा १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीको मृत्यु भएको थियो । दुवैलाई तत्काल नगर अस्पताल दुल्लु पुर्‍याइए पनि चिकित्सकले बिहान ११:१० बजे मृत घोषणा गरिएको थियो ।

सोही आक्रमणमा गम्भीर घाइते भएकी श्रीमती मनिषाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दिउँसो २ बजेर १० मिनेटमा प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा उपचारका क्रममा मनिषाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका ६ वर्षीय छोरा मिलन सलामीको भने उपचार भइरहेको छ ।

घरभित्रै भएको यो घटनाले चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोला गाउँ शोकमा डुबेको छ ।

शनिबार बिहान करिब ९:३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन सन्तानमाथि दाउरा काट्ने बञ्चरो प्रहार गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
बाबुको बञ्चरो प्रहारबाट २ बालबालिकाको मृत्यु, आमा र छोरा घाइते

बाबुको बञ्चरो प्रहारबाट २ बालबालिकाको मृत्यु, आमा र छोरा घाइते

दैलेख– दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा श्रीमानले बञ्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ भने श्रीमती र अर्का छोरा गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार बिहा...

#बञ्चरो #प्रहार #मृत्यु
Compare →
Ekantipur
5h ago
दैलेखमा श्रीमान्‌ले बन्चरो प्रहार गर्दा श्रीमतीसहित चार जना घाइते

दैलेखमा श्रीमान्‌ले बन्चरो प्रहार गर्दा श्रीमतीसहित चार जना घाइते

चामुण्डाबिन्द्रासैनी नगरपालिका ३ पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बुधबार बिहान आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेका हुन्।

#प्रहार #दैलेख #श्रीमान्
Compare →
Nagarik News
58m ago
घरायसी विवादमा बन्च’ रो प्रहा’र गरी श्रीमती र दुई छोराछोरीको ह’त्या, एक छोरा गम्भीर

घरायसी विवादमा बन्च’ रो प्रहा’र गरी श्रीमती र दुई छोराछोरीको ह’त्या, एक छोरा गम्भीर

घरायसी विवादका क्रममा दैलेखमा ३८ वर्षीय अम्बर सलामी मगरले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन्।

#श्रीमती
Compare →
Bizshala
1d ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#मृत्यु
Compare →

Related Stories

Technology
Build #2612