Trending
Prev Story
Next Story

नेपाल भिडियो जर्नलिस्ट एसोसिएसन समिति गठन

Nagarik News •
November 21, 2026 • 06:52 AM
3
3 reads 0 reactions

विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौंका विभिन्न सञ्चारमाध्यममा कार्यरत भिडियो पत्रकारको भेलाले नेपाल भिडियो जर्नलिस्ट एसोसिएसन तदर्थ समिति गठन गरेको छ।

नेपाल भिडियो जर्नलिस्ट एसोसिएसन समिति गठन

विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौंका विभिन्न सञ्चारमाध्यममा कार्यरत भिडियो पत्रकारको भेलाले नेपाल भिडियो जर्नलिस्ट एसोसिएसन तदर्थ समिति गठन गरेको छ।

काठमाडौंमा आज भएको भेलाले नेपाल टेलिभिजनका भिडियो पत्रकार शिव पङ्गेनीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

एसोसिएसनको सदस्यमा कान्तिपुर टेलिभिजनका मुरारी घिमिरे, ग्लोबल टेलिभिजनका राजु थापा, न्युज एजेन्सी नेपालका देवानन्द शिल्पकार तथा भिडियो पत्रकारहरू निरनराज वाना, विनोद थापा, सुरेन्द्र श्रेष्ठ, कृष्ण श्रेष्ठ, कुमार मानन्धर, विष्णु पन्थी र कृति पन्त रहेका छन्।

तदर्थ समितिका संयोजक पङ्गेनीले नेपालभर व्यावसायिक रुपमा काम गर्ने भिडियो पत्रकारलाई सङ्गठित बनाई उनीहरूको पेसागत हकहित, अधिकार र व्यावसायिक सुरक्षाका लागि संस्था गठन गरिएको बताए।

त्यस अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्तले अहिलेको युग मल्टिमिडियाको भएकाले फोटो तथा भिडियो पत्रकारिताको क्षेत्रमा काम गर्ने सबै एकजुट हुन आवश्यक रहेको बताए।

उनले भने, 'भिडियो पत्रकारितामार्फत विश्वभरका सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्दै समाजलाई सुसूचित गराउँदै अघि बढ्न अनुरोध गर्दछु।'

प्रकाशित: ५ मंसिर २०८३ १२:३७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
मधेशमा सरकार गठनका लागि दाबी पेश गर्ने समय थप गर्न तीन दलको आग्रह

मधेशमा सरकार गठनका लागि दाबी पेश गर्ने समय थप गर्न तीन दलको आग्रह

४ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि समय थप गर्न तीन दलहरूले आग्रह गरेका छन् । संविधानको धारा १६८ को २ बमोजिम दावी पेशको लागि समय थप गर्न प्रदेश प्रमुखलाई तीन दलको …

#गठन
Compare →
Ekantipur
1d ago
संवैधानिक इजलास गठनको गाँठो कहिले फुक्छ ?

संवैधानिक इजलास गठनको गाँठो कहिले फुक्छ ?

विगतमा पनि पटक–पटक संवैधानिक इजलास गठनको विषयलाई लिएर प्रश्न उठेका थिए । यस पटक प्रधानन्यायाधीश शर्माले संवैधानिक इजलास गठन गर्ने आफ्नो संवैधानिक अधिकार भन्दै ‘पिक एन्ड चुज’ शैलीमा न्यायाधीश तोकेपछि पुनः विवाद भएको हो ।

#गठन
Compare →
Hamro Patro News
6d ago
मधेसमा नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान, मंसिर ४ सम्मको समयसीमा

मधेसमा नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान, मंसिर ४ सम्मको समयसीमा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै यहाँ नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन...

#गठन
Compare →

Related Stories

National (Nepal)
Build #2612