काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै भएको बताएका छन् ।
शनिबार भक्तपुरमा आयोजित नेकपा जागरण अभियान कार्यक्रममा नेपालले सबैभन्दा बढी आशा कम्युनिस्ट पार्टीले गरेको भन्दै नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै भएको बताएका हुन् । उनले देश, जनता र समाजको चिन्ता रहेको बताउँदै मुलुकलाई रूपान्तरण र परिवर्तन गर्न लाग्नुपर्नेमा जोड दिए ।
Read full story at source ( kendrabindu.com )