Trending
Prev Story
Next Story

आज विश्व टेलिभिजन दिवस मनाइँदै

Ekantipur •
November 21, 2026 • 01:32 AM
3
3 reads 0 reactions

टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा यसको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

आज विश्व टेलिभिजन दिवस मनाइँदै

टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा यसको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

काठमाडौँ — आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा यसको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव नम्बर ५१र२०५ पारित गर्दै नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा घोषणा गरेको थियो।

यसअघि सन् १९९६ नोभेम्बर २१ र २२ तारिखमा संयुक्त राष्ट्रसङ्घले पहिलो विश्व टेलिभिजन मञ्च आयोजना गरेको थियो। उक्त मञ्चमा सञ्चार क्षेत्रका प्रमुख व्यक्तित्वहरू भेला भई परिवर्तनशील विश्वमा टेलिभिजनको बढ्दो महत्त्व र भूमिकाबारे छलफल गरेका थिए।

टेलिभिजनलाई जनमत निर्माण गर्ने, सर्वसाधारणसम्म सूचना तथा समाचार प्रवाह गर्ने र सामाजिक चेतना अभिवृद्धि गर्ने प्रभावशाली सञ्चारमाध्यमका रूपमा स्वीकार गर्दै संयुक्त राष्ट्रसङ्घले यस दिवस मनाउने निर्णय गरेको हो।

विश्व टेलिभिजन दिवसले सञ्चार, शिक्षा, सूचना तथा मनोरञ्जनका क्षेत्रमा टेलिभिजनको योगदानलाई स्मरण गराउनुका साथै समाजमा यसको सकारात्मक प्रभाव र जिम्मेवार पत्रकारिताको महत्त्वलाई समेत उजागर गर्दछ।

सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल तथा सामाजिक सञ्जालको प्रभाव बढ्दै गए पनि विश्वभर सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा टेलिभिजनको भूमिका अझै महत्त्वपूर्ण मानिन्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
3d ago
आज राष्ट्रिय कर दिवस मनाइँदै

आज राष्ट्रिय कर दिवस मनाइँदै

काठमाडौं। नेपालमा आज मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइँदैछ।

#दिवस #मनाइँदै
Compare →
Hamro Patro News
6d ago
आज विश्व मधुमेह दिवस मनाइँदै

आज विश्व मधुमेह दिवस मनाइँदै

आज विश्व मधुमेह दिवस मनाइँदै मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो । कार्तिक २८, २०८३ कान्तिपुर संवाददाता आज विभिन्न च...

#दिवस #मनाइँदै
Compare →
Nagarik News
1w ago
आज यसरी मनाइँदैछ विश्व मधुमेह दिवस

आज यसरी मनाइँदैछ विश्व मधुमेह दिवस

मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ।

#दिवस #मनाइँदै
Compare →
Onlinekhabar
14h ago
३ करोड जनसंख्यालाई १५० टेलिभिजन : नेपालमा टीभी उद्योगको भविष्य

३ करोड जनसंख्यालाई १५० टेलिभिजन : नेपालमा टीभी उद्योगको भविष्य

आज विश्व टेलिभिजन दिवस। विश्‍वभरका टेलिभिजनकर्मीहरूको महान पर्व। टेलिभिजनले सामाजिक, साँस्कृतिक, सूचना, सञ्‍चार, मनोरञ्जन र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको सम्झना गर्ने दिन। आम सञ्‍चारका क्षेत्रमा पत्रपत्रिका र रेडियोको विकासपछि प्रसारणमा आएको टेलिभिजनले सूचना तथा सञ्‍चारका …

#टेलिभिजन
Compare →
Arthasansar
3d ago
राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

आज राष्ट्रिय कर दिवस । यो सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक...

#दिवस
Compare →

Related Stories

World News
Build #2612