Trending
Prev Story
Next Story

राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

Arthasansar •
November 17, 2026 • 08:05 AM
2
2 reads 0 reactions

आज राष्ट्रिय कर दिवस । यो सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक...

राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

आज राष्ट्रिय कर दिवस । यो सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१÷८२ मा सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको हो ।

विभागमा मंगलबार आयोजना गरिएको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा कम्पनीलाई सम्मान गरिएको छ । जसमा व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल प्रालिलाई सर्वोत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । त्यस्तै, सरकारले सम्मान गरेका अन्य उत्कृष्ट करदातामा उद्योग, व्यापार, सेवा र वित्तीय क्षेत्रका संस्थाहरू समेटिएका छन् । वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि र विशेष उद्योगतर्फ बरुण वेवरेज नेपाल प्रालिले उत्कृष्ट करदाताको सम्मान पाउँदा एकलौटी फर्ममध्ये थर्ड आइ इन्टरनेसनल सम्मानित भयो ।

कृषि तथा पशुपन्छीजन्य उद्योगमा ओसिबि फुड्स प्रालि, ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी प्रालि र वस्तु व्यापारतर्फ सिजी इम्पेक्स प्रालि सम्मानित भएका छन् । प्रविधिको क्षेत्रमा सूचना प्रविधि सेवा निर्याततर्फ इनफाईनाई सर्भिसेजले उत्कृष्टता हासिल गरेको छ । वित्तीय तथा बीमा क्षेत्रतर्फ नबिल बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको विधामा उत्कृष्ट भएर सम्मान पाएको छ । बीमातर्फ जीवन बीमामा लाइफ इन्स्योरेन्स लिमिटेड र निर्जीवन बीमामा सिद्धार्थ बीमा कम्पनी सम्मानित भए भने लघुवित्ततर्फ छिमेकी लघुवित्त र रेमिटेन्स तथा मनी ट्रान्सफर विधामा आइएमई लिमिटेडले सर्वाधिक कर तिर्ने संस्थाको सम्मान प्राप्त गरे ।

कारोबारको आकारका आधारमा वर्गीकृत समूहमध्ये वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहमा इम्पेरियल सेक्युरिटी प्रालि र ५० देखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहमा फुड खण्ड टेक्नोलोजी रिसर्च सेन्टर प्रालि पुरस्कृत भएका छन्। सेवा क्षेत्रअन्तर्गत पर्यटन व्यवसायमा सोल्टी होटेल लिमिटेड तथा स्वास्थ्य र शैक्षिक संस्थाको विधामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित भए।

यस्तै, मूल्य अभिवृद्धि करतर्फको उत्कृष्ट करदाताको सम्मान हिमालयन डिस्टिलरी प्रालिले हात पारेको छ भने प्रतिकूल परिस्थितिका बाबजुद निरन्तर व्यवसाय सञ्चालन, रोजगारी सिर्जना र राजस्वमा पुर्‍याएको योगदानको कदर गर्दै भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरेको छ।

– एकलौटी फर्मतर्फः थर्ड आई इन्टरनेशनल

– वस्तु निर्याततर्फः डाबर नेपाल प्रालि

– सूचना प्रविधि सेवा निर्याततर्फः इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल

– कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फः ओसीबी फुड्स एन्ड फिड्स प्रालि

– बैंकिङ क्षेत्रतर्फः नबिल बैंक लिमिटेड

– स्वास्थ्य तथा शैक्षिक संस्थातर्फः नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड

– पर्यटन व्यवसायतर्फः सोल्टी होटल लिमिटेड

– वस्तु व्यापारतर्फः सीजी इम्पेक्स प्रालि

– ऊर्जामूलक उद्योगतर्फः भोटेकोशी पावर कम्पनी प्रालि

– रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फः आईएमई लिमिटेड

– मूल्य अभिवृद्धि करतर्फः हिमालयन डिष्टिलरी लिमिटेड

– विशेष उद्योगतर्फः वरुण बेभरेज नेपाल प्रालि

– जीवन बीमा क्षेत्रतर्फः लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड

– निर्जीवन बीमा क्षेत्रतर्फः सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड

– लघुवित्त क्षेत्रतर्फः छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

– विशेष सम्मानतर्फः भाटभटेनी सुपर मार्केट

– ५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्येः इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड

– ५० करोडदेखि १०० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्येः फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1h ago
राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

काठमाडौं। राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा...

#सम्मान #दिवस #करदाता
Compare →
Hamro Patro News
2h ago
राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?

राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?

काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा यस वर्षका उत्कृष्ट २० करदाताको नाम सार्वजनिक गरेको छ। विभिन्न व्यावसायिक तथा आर्थिक क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाता...

#दिवस #उत्कृष्ट #करदाता
Compare →
Nagarik News
3h ago
राष्ट्रिय कर दिवस : यी हुन् यस वर्षको २० उत्कृष्ट करदाता (सूचीसहित)

राष्ट्रिय कर दिवस : यी हुन् यस वर्षको २० उत्कृष्ट करदाता (सूचीसहित)

यो वर्ष सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको नाम घोषणा भएको छ।

#दिवस #उत्कृष्ट #करदाता
Compare →
Onlinekhabar
3h ago
राष्ट्रिय कर दिवस : १९ विधामा करदाता सम्मानित

राष्ट्रिय कर दिवस : १९ विधामा करदाता सम्मानित

१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गरेका हुन् । सरकारले यस वर्ष भाटभटेनी …

#सम्मान #दिवस #करदाता
Compare →
Ekantipur
2h ago
प्रतिकूल परिस्थितिमा उदाहरणीय व्यवसाय गर्ने भाटभटेनी सम्मानित

प्रतिकूल परिस्थितिमा उदाहरणीय व्यवसाय गर्ने भाटभटेनी सम्मानित

प्रतिकूल व्यावसायिक परिस्थितिका बाबजुद पनि उदाहरणीय व्यवसाय गरेको मूल्यांकन गर्दै भाटभटेनी सुपरमार्केटलाई सरकारले राष्ट्रिय कर दिवसका अवसरमा सम्मान गरेको छ ।

#सम्मान #सम्मानित
Compare →

Related Stories

Politics & Governance
Build #2612