Trending
Prev Story
Next Story

बाल यौन शोषण रोकथाम दिवस आज

Nagarik News •
November 18, 2026 • 05:19 AM
2
2 reads 0 reactions

बालबालिकामाथि हुने यौन शोषण, दुर्व्यवहार तथा हिंसा रोकथाम दिवस हो।

बाल यौन शोषण रोकथाम दिवस आज

आज बालबालिकामाथि हुने यौन शोषण, दुर्व्यवहार तथा हिंसा रोकथाम  दिवस हो। आजदेखि नै रोगाणुरोधी औषधिप्रतिको प्रतिरोध (एएमआर) बारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुकमा अभियान सुरु भएको छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर १८ मा बालबालिकामाथि हुने यौन शोषण, दुर्व्यवहार तथा हिंसा रोकथाम र त्यसबाट प्रभावितको उपचार तथा पुनः स्थापनासम्बन्धी यो विश्व दिवस मनाइन्छ। राष्ट्रसङ्घको महासभाले सन् २०२२ नोभेम्बर ७ मा प्रस्ताव पारित गरी नोभेम्बर १८ लाई उक्त दिवसका रूपमा मनाउने घोषणा गरेको हो।

बालबालिकामाथिको यौन शोषण र दुर्व्यवहार मानव अधिकारको उल्लङ्घन हुनुका साथै सार्वजनिक स्वास्थ्यको गम्भीर समस्या हो। यसले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य र विकासमा दीर्घकालीन असर पार्न सक्छ। यस्ता घटना रोक्न, पीडितलाई न्याय र उपचारमा पहुँच सुनिश्चित गर्न तथा दोषीलाई जवाफदेही बनाउन दिवसले जोड दिन्छ।

अनलाइन तथा प्रत्यक्ष रूपमा हुने यौन शोषण, दुर्व्यवहार र हिंसा अन्त्य गर्न जनचेतना बढाउनुका साथै पीडितप्रतिको सामाजिक लाञ्छना हटाउन पनि राष्ट्रसङ्घले आह्वान गरेको छ।

यसैगरी, ‘एक स्वास्थ्य, एक कार्यः एएमआर अहिले नै रोकौँ’ आजदेखि नोभेम्बर २४ सम्म विश्व रोगाणुरोधी प्रतिरोध सचेतना सप्ताह मनाइँदैछ।

मानिस, पशुपक्षी, वनस्पति र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएकाले औषधिप्रतिको प्रतिरोध रोक्न सबै क्षेत्रको संयुक्त प्रयास आवश्यक रहेकामा अभियानले जोड दिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार ब्याक्टेरिया, भाइरस, ढुसी तथा परजीवीमा समयक्रमसँगै परिवर्तन आएर तिनलाई नियन्त्रण गर्न प्रयोग गरिने औषधिले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई रोगाणुरोधी प्रतिरोध भनिन्छ। यस्तो प्रतिरोध बढ्दै जाँदा एन्टिबायोटिकलगायत औषधि प्रभावहीन बन्ने र सङ्क्रमणको उपचार कठिन वा असम्भव हुने जोखिम बढ्छ।

एन्टिबायोटिक तथा अन्य रोगाणुरोधी औषधिप्रतिको बढ्दो प्रतिरोध नियन्त्रण गर्न सन् २०१५ मेमा सम्पन्न विश्व स्वास्थ्य सङ्गठनको ६८औँ विश्व स्वास्थ्य सभाले विश्वव्यापी कार्ययोजना अनुमोदन गरेको हो।

उक्त योजनाको प्रमुख उद्देश्य प्रभावकारी सञ्चार, शिक्षा र तालिममार्फत एएमआरबारे चेतना अभिवृद्धि गर्नु हो।

एएमआर नियन्त्रणका लागि औषधिको उचित प्रयोग, सङ्क्रमण रोकथाम, सरसफाइ तथा सुरक्षित खाद्य प्रणालीको प्रवर्द्धन र मानिस, पशुपक्षी तथा वातावरणको स्वास्थ्यलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा सङ्गठनले जोड दिएको छ।

प्रकाशित: २ मंसिर २०८३ ११:०४ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
22h ago
राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

आज राष्ट्रिय कर दिवस । यो सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक...

#दिवस
Compare →
Hamro Patro News
23h ago
राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित

राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८१र८२ मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिगत कर दातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आज राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको ...

#दिवस
Compare →
Bizshala
23h ago
राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपाल पहिलो

काठमाडौं। राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार काठमाडौंमा...

#दिवस
Compare →
Ekantipur
1d ago
मधेशमा यौनजन्य हिंसा रोकथामका लागि प्रहरीको सेचतनामूलक अभियान

मधेशमा यौनजन्य हिंसा रोकथामका लागि प्रहरीको सेचतनामूलक अभियान

तीन दिनसम्म चल्ने अभियानमा प्रहरी, विद्यार्थी, नागरिक समाज र विभिन्न संघसंस्थाले मिलेर हिंसा रोक्ने सन्देश फैलाउनेछन्।

#रोकथाम
Compare →
Onlinekhabar
1d ago
कर दिवसमा भाटभटेनी सुपरमार्केटलाई सरकारको विशेष सम्मान

कर दिवसमा भाटभटेनी सुपरमार्केटलाई सरकारको विशेष सम्मान

१ मंसिर, काठमाडौं । प्रतिकूल परिस्थितिका बाबजुद पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र रोजगारी सिर्जना गरेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. …

#दिवस
Compare →

Related Stories

World News
Build #2612