Trending
Prev Story
Next Story

मधेशमा यौनजन्य हिंसा रोकथामका लागि प्रहरीको सेचतनामूलक अभियान

Ekantipur •
November 17, 2026 • 06:32 AM
2
2 reads 0 reactions

तीन दिनसम्म चल्ने अभियानमा प्रहरी, विद्यार्थी, नागरिक समाज र विभिन्न संघसंस्थाले मिलेर हिंसा रोक्ने सन्देश फैलाउनेछन्।

मधेशमा यौनजन्य हिंसा रोकथामका लागि प्रहरीको सेचतनामूलक अभियान

तीन दिनसम्म चल्ने अभियानमा प्रहरी, विद्यार्थी, नागरिक समाज र विभिन्न संघसंस्थाले मिलेर हिंसा रोक्ने सन्देश फैलाउनेछन्।

पर्सा — मधेस प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना बढ्दै गएको भन्दै नेपाल प्रहरीले यसको रोकथाम र न्यूनीकरणका लागि तीनदिने सचेतनामूलक अभियान सुरु गरेको छ।

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसर पारेर प्रहरीले मधेस प्रदेशका जिल्लामा यौनजन्य हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सन्चालन गरेको हो।

वीरगन्जस्थित घण्टाघरमा मंगलबार आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालले अभियानको उद्घाटन गरे।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना बढ्दै गएको देखिएकाले प्रहरी प्रधान कार्यालयको परिपत्रअनुसार अभियान सन्चालन गरिएको बताए। यौनजन्य हिंसामुक्त समाज निर्माण अभियानको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।

यस्ता अपराध नियन्त्रण गर्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले नागरिक समाज, विभिन्न संघसंस्था, विद्यार्थी र समुदायका सबै वर्गको सक्रिय सहभागिता आवश्यक रहेको बताए। सबै पक्षसँग सहकार्य गरेर अभियानलाई प्रभावकारी बनाउने उनले बताए।

जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा पर्साका प्रहरी प्रमुख पवन भट्टराई, सशस्त्र प्रहरी प्रमुख मोहन क्षेत्री, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थी सहभागी थिए।

उद्घाटनपछि घण्टाघरबाट निकालिएको सचेतनामूलक र्‍यालीले वीरगन्जका विभिन्न भागको परिक्रमा गरेको थियो। र्‍याली पुनः घण्टाघरमै पुगेर समापन भएको थियो। तीन दिनसम्म सन्चालन हुने अभियानमा यौनजन्य हिंसाका घटनाबारे समुदायलाई सचेत गराउने, रोकथामका उपायबारे जानकारी दिने तथा हिंसाविरुद्ध आवाज उठाउन नागरिकको सहभागिता बढाउने लक्ष्य राखिएको प्रहरीले जनाएको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
46m ago
मंसिर ९ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

मंसिर ९ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

१ मंसिर, काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० …

#अभियान #हिंसा
Compare →
Hamro Patro News
1h ago
आत्मसमीक्षाको कसीमा कांग्रेस : ‘हामी तयार छौँ’ अभियान सुरु

आत्मसमीक्षाको कसीमा कांग्रेस : ‘हामी तयार छौँ’ अभियान सुरु

काठमाडौँ । आन्तरिक किचलो, वैचारिक अस्पष्टता र कमजोर प्रतिपक्षी भूमिकाको आलोचना खेपिरहेको नेपाली कांग्रेसले अन्ततः आफैँलाई नियाल्ने र सच्याउने बाटो रोजेको छ। संगठनको आन्तरिक सुदृढीकरण र संसद् तथा स...

#अभियान
Compare →
Nagarik News
16h ago
मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौं’ अभियान

मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौं’ अभियान

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सुरु गर्न लागिएको जानकारी दिएका छन्।

#अभियान
Compare →

Related Stories

National (Nepal)
Build #2612