Trending
Prev Story
Next Story

ओली र बालेनबीच भविष्यमा गठबन्धन हुन सक्छ : प्रमुख अर्याल

Nagarik News •
November 21, 2026 • 05:41 AM
4
4 reads 0 reactions

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री बालेन शाहबीच भविष्यमा गठबन्धन हुन सक्ने टिप्पणी गरेका छन्।

ओली र बालेनबीच भविष्यमा गठबन्धन हुन सक्छ : प्रमुख अर्याल

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री बालेन शाहबीच भविष्यमा गठबन्धन हुन सक्ने टिप्पणी गरेका छन्।

उनले शनिबार फेसबुकमा स्टाटस लेख्दै एमालेभित्रका अतिओली समर्थकहरू कुनै न कुनै दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बन्ने बताएका छन्। हालै सार्वजनिक भएको रास्वपा सांसदहरूको अडियो लिकले आफ्नो भनाइ प्रमाणित गरेको उनको दाबी छ।

सार्वजनिक अडियोअनुसार रास्वपाका नेताहरू एमालेमा ओली बलियो र आक्रामक भएको देख्न चाहने गरेको उनले उल्लेख गरेका छन्। त्यस्तै, चुनावपछि ओलीविरोधी बनेका विष्णु पौडेलको सुर्खेतमा भएको गिरफ्तारी र नाटकीय रिहाइ, त्यसपछि उनको अभिव्यक्ति बन्द हुनु र अचानक ओलीको समर्थनमा उभिनु संयोग मात्र नभएको उनको टिप्पणी छ।

एमालेमा ओलीलाई बलियो बनाउन रास्वपा सबै गतिविधि गर्न तयार रहेको तथ्य अडियो र विष्णु पौडेलको राजनीतिक ‘युटर्न’ बाट स्पष्ट हुने उनको दाबी छ। ओलीको चर्को अभिव्यक्ति र गर्जन पनि त्यसै उत्पन्न नभएको उनले उल्लेख गरेका छन्।

उनले सबै खाले दक्षिणपन्थीहरू कुनै न कुनै दिन एउटै ठाउँमा उभिने दाबी गर्दै अहिले कम्युनिष्ट पार्टीमा भए पनि वा बुर्जुवा पार्टीमा भए पनि उनीहरूको राजनीतिक गन्तव्य एउटै हुन सक्ने बताएका छन्। इतिहासमा कम्युनिष्ट पार्टीका महासचिव केशरजंग अचानक राजा महेन्द्रको पक्षमा उभिएको उदाहरण दिँदै उनले भविष्यमा बालेन र ओली एउटै ठाउँमा उभिए आश्चर्य मान्नुपर्ने अवस्था नआउने बताएका छन्।

‘पुँजीवादले ओलीलाई त्यतिखेरसम्म कम्युनिष्ट बनाइरहन्छ, जतिखेरसम्म नेपालमा कम्युनिष्टहरू सकिँदैनन्,’ उनले लेखेका छन्।

नेपालमा कम्युनिष्ट शक्ति कमजोर भएपछि ‘बदलिँदो परिस्थितिमा बदलिँदो निर्णय’ वा ‘वस्तुगत अवस्थामा फेरबदल’ भन्दै ओली–बालेन गठबन्धन बन्न सक्ने उनको विश्लेषण छ। विगतमा राजेन्द्र लिङ्देन, कमल थापा र केपी ओलीबीच गठबन्धन बनेको उदाहरण पनि उनले दिएका छन्।

प्रकाशित: ५ मंसिर २०८३ ११:२६ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
48m ago
डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो : ओली

डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो : ओली

प्रधानन्यायधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको एकल सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् ।

#केपी-ओली #ओली
Compare →
Hamro Patro News
18h ago
वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्छ : ओली

वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचन र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा एमाले स्थानीय...

#केपी-ओली #ओली
Compare →
Onlinekhabar
23h ago
राष्ट्रपतिले डरपोक भएर असंवैधानिक रुपमा संसद् विघटन गर्नुभयो : ओली

राष्ट्रपतिले डरपोक भएर असंवैधानिक रुपमा संसद् विघटन गर्नुभयो : ओली

५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबाट असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । पार्टीको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसमा …

#केपी-ओली #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2612