Trending
Prev Story
Next Story

इरानसँग नक्कली होइन वास्तविक सम्झौता गर्न चाहेका छौं : ट्रम्प

Ekantipur •
November 21, 2026 • 06:32 AM
4
4 reads 0 reactions

अमेरिका-इजरायलले इरानमाथि आक्रमण गरेको झन्डै ९ महिना भइसकेको छ । अहिले यो युद्ध पश्चिम एसियाभर विस्तार भएको छ

इरानसँग नक्कली होइन वास्तविक सम्झौता गर्न चाहेका छौं : ट्रम्प

अमेरिका-इजरायलले इरानमाथि आक्रमण गरेको झन्डै ९ महिना भइसकेको छ । अहिले यो युद्ध पश्चिम एसियाभर विस्तार भएको छ

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कागजी नभएर वास्तविक सम्झौता गर्न चाहेको बताएका छन् । इरानले ५१ वर्षदेखि विश्वमा दादागिरी गरिरहेको आरोप पनि उनले बताए ।

'अहिले उनीहरूले सम्झौता गर्न चाहेका छन् । तर मलाई स्वीकार्य हुने खालको सम्झौता गर्न खोजिरहेका छैनन् । हामी नक्कली होइन, वास्तविक सम्झौता गर्न चाहन्छौँ,' ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । इरानले कहिल्यै आणविक हतियार नपाउने अडान उनले दोहोर्‍याए । अमेरिका-इजरायलले इरानमाथि आक्रमण गरेको झन्डै ९ महिना भइसकेको छ । अहिले यो युद्ध पश्चिम एसियाभर विस्तार भएको छ । पछिल्ला दिनहरूमा इरान र अमेरिकाबीच ठूलो युद्ध भएको छैन । तर इरान समर्थित हुथी विद्रोहीले साउदी अरेबियामाथि लगातार आक्रमण गरिरहेको छ ।

अरब राष्ट्रहरूले पूर्ण युद्ध रोक्न मध्यस्थता प्रयास गरिरहेका छन् । एक कूटनीतिज्ञका अनुसार हर्मुज जलमार्गमा आवागमन सहज बनाउने र यसको बदलामा इरानमाथिको प्रतिबन्धलाई खुकुलो बनाउने विषय वार्ताको टेबुलमै छ । आणविक वार्तालाई लिएर पनि समाधान खोजिँदै छ ।

छिटफुट आक्रमणका घटना भने भइरहेकै छन् । यसै साता केश्म टापुस्थित रिभोलुसनरी गार्डको क्षेप्यास्त्र अखडामा अमेरिकी आक्रमणको बदलामा इरानले कुवेत र बहराइनस्थित अमेरिकी सेनाका आधार इलाकामा आक्रमण गरेको छ । यद्यपि, विश्लेषकहरूका अनुसार दुवै पक्ष ठूलो युद्धमा फर्कन अनिच्छुक देखिन्छन् । अमेरिकाले इरानी तेल रोक्न जलसेनाको नाकाबन्दी र आर्थिक दबाब कायमै राखेको छ । यसले सम्झौताको सम्भावनालाई थप पेचिलो बनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् । फिलिपिन्सको राजधानी मनिलामा जारी …

#इरान #अमेरिका #ट्रम्प
Compare →
Hamro Patro News
1d ago
अमेरिकालाई इरानको चेतावनी- सर्त मान, नत्र फेरि युद्ध हुन्छ

अमेरिकालाई इरानको चेतावनी- सर्त मान, नत्र फेरि युद्ध हुन्छ

एजेन्सी– इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्...

#इरान #अमेरिका
Compare →
Nagarik News
3d ago
कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

यसैबिच, बहराइनले इरानमाथि 'आपराधिक आक्रमण' गरेको आरोप लगाउँदै नागरिकलाई शान्त रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

#इरान #अमेरिका
Compare →

Related Stories

World News
Build #2612