Trending
Prev Story
Next Story

डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो : ओली

Ekantipur •
November 21, 2026 • 10:32 AM
2
2 reads 0 reactions

प्रधानन्यायधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको एकल सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् ।

डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो : ओली

प्रधानन्यायधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको एकल सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् ।

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन् ।

एमालेको जनवर्गिय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले वर्तमान सरकारको गठन आतंक, आगजनी र तोडफोडबाट भएको आरोप लगाए । उनले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघठन गरेको समेत उनको आरोप थियो ।  ‘डरपोक राष्ट्रपतिले, सम्माननीय हुनुहुन्छ, भन्न त भएन । सम्माननीय राष्ट्रपतिले डरपोक भएर प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्नुभयो र बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो,' उनले भने, 'अनि असंवैधानिक ढङ्गले संसद विघटन गरेर लोकतन्त्र जोगिन्छ ?'

प्रधानन्यायधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको एकल सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको उनको भनाइ थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको  ओलीले बताए ।

देश संवैधानिक र लोकतान्त्रिक विधिबाट नचलेको उनको भनाइ थियो । 'लोकतान्त्रिक संस्थाहरू कमजोर पारिए, विघटन गरिए, समाप्त पारिए र यसमा राज्यको कुनै निकायले प्रतिवाद गरेन । अचम्म लाग्छ,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
23h ago
राष्ट्रपतिले डरपोक भएर असंवैधानिक रुपमा संसद् विघटन गर्नुभयो : ओली

राष्ट्रपतिले डरपोक भएर असंवैधानिक रुपमा संसद् विघटन गर्नुभयो : ओली

५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबाट असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । पार्टीको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसमा …

#केपी-ओली #लगाए #असंवैधानिक
Compare →
Hamro Patro News
3d ago
प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतले कर्तव्य बिर्सियो : ओली

प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतले कर्तव्य बिर्सियो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्र...

#केपी-ओली #विघटन #ओली
Compare →
Nagarik News
5h ago
ओली र बालेनबीच भविष्यमा गठबन्धन हुन सक्छ : प्रमुख अर्याल

ओली र बालेनबीच भविष्यमा गठबन्धन हुन सक्छ : प्रमुख अर्याल

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री बालेन शाहबीच भविष्यमा गठबन्धन हुन सक्ने टिप्पणी गरेका छन्।

#केपी-ओली #ओली
Compare →
Arthasansar
3d ago
सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको...

#केपी-ओली #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2612