पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले उक्त घटना त्यस क्षेत्रमा पश्चिमा मुलुकका सेनाले सैन्य अभ्यास गरिरहेका बेला भएको बताएका छन् । यो घटना दुर्घटनावश भएको जस्तो नदेखिएको उनको भनाइ छ ।
पोल्यान्ड — पोल्यान्डको हवाई क्षेत्रमा शुक्रबार बिहान प्रवेश गरेका तीन वस्तुमध्ये एउटा रुसी क्रुज मिसाइल रहेको पोल्यान्डले जनाएको छ ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले उक्त घटना त्यस क्षेत्रमा पश्चिमा मुलुकका सेनाले सैन्य अभ्यास गरिरहेका बेला भएको बताएका छन् । यो घटना दुर्घटनावश भएको जस्तो नदेखिएको उनको भनाइ छ ।
घटनामा कोही घाइते भएका छैनन् भने कुनै भौतिक क्षति पनि भएको खबर छैन । यद्यपि, पोल्यान्डले यसलाई रुसको 'उक्साउने कदम' भनेको छ ।
रुसले भने घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । युक्रेनमाथि रुसले गरेका ठूला हवाई आक्रमणमध्ये एक भइरहेका बेला यो घटना भएको हो ।
स्थानीय बासिन्दा नताली श्पोनारले आफ्ना छोराछोरीलाई विद्यालय जानका लागि तयार पारिरहेका बेला सिठीजस्तो आवाज सुनेको बताएकी छन् । त्यसपछि कुनै वस्तु ठोक्किएको मधुरो आवाज पनि सुनिएको उनले बताइन् ।
एउटा खेतमा जडान गरिएको क्यामेरामा मिसाइल खसेको दृश्य रेकर्ड भएको छ । घटनापछि अधिकारीहरूले स्थानीय बासिन्दालाई कुनै खतरा नरहेको बताएका छन् ।