Trending
Prev Story
Next Story

स्थानीय तहको निर्वाचन वैशाख अन्तिममा गर्नुपर्छ : ओली

Nagarik News •
November 20, 2026 • 11:49 AM
1
1 reads 0 reactions

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचन वैशाख अन्तिममा गर्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

नेकपा एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहसँग विधायिकी, कार्यकारिणी र न्यायिक अधिकारसमेत रहेकाले त्यसलाई थप सबल बनाउनुपर्ने बताएका हुन् ।

उनले स्थानीय तह सबल हुँदा देशमा विखण्डन र पृथकतावादी प्रवृत्ति बढ्ने नभई विकास निर्माण र जनसेवाका काम प्रभावकारी हुने बताए । ठूला राष्ट्रिय विकास आयोजना र राष्ट्रिय व्यवस्थापनको जिम्मेवारी संघीय सरकारको भए पनि जनताको दैनिक सेवासुविधा र स्थानीय आवश्यकतासँग जोडिएका काम स्थानीय तहमार्फत नै प्रभावकारी हुने उनको भनाइ थियो ।

ओलीले भने, ‘स्थानीय तहलाई स्वायत्त सरकारको रूपमा, स्थानीय तहलाई आफैँले सबै विधायकीय अधिकार, कार्यकारिणी अधिकार र न्यायिक अधिकारसमेत राज्यका तीनटै अङ्गका अधिकार प्रयोग गर्न सक्ने गरी बनाउनुपर्छ। स्थानीय तहसँग जुन अधिकार हुन्छ, त्यो अरूसँग छैन।’

उनले प्रदेशलाई शक्तिशाली बनाउँदा पृथकतावादी र जातिवादी प्रवृत्ति बढ्न सक्ने आशंका व्यक्त गर्दै स्थानीय तहलाई सबल बनाउँदा त्यस्तो खतरा नरहने बताए ।

ओलीले जनप्रतिनिधिहरूलाई जनतासँग शालीन, विनम्र र मित्रतापूर्ण व्यवहार गर्न आग्रह गरे । जनताले दिएको मतकै आधारमा जनप्रतिनिधि जिम्मेवारीमा पुगेको भन्दै उनले पदको घमण्ड नगरी मुस्कानसहित सेवा दिनुपर्ने बताए ।

उनले भने, ‘तपाईंहरूले साँच्चै मुस्कानसहितको सेवा दिनुभयो भने मान्छे खुसी हुन्छ। तपाईंहरूले रूखो बोलिदिनुभयो, पदको धाक जमाइदिनुभयो, नरम व्यवहार र मित्रतापूर्ण व्यवहार गर्नुभएन भने मान्छे रिसाउँछ।’

आगामी निर्वाचनलाई लक्षित गर्दै ओलीले विगतमा भएका कमजोरी र जनतासँग टुटेको सम्बन्ध सुधार्न जनप्रतिनिधिहरूलाई निर्देशन दिए । राम्रो काम गरेका जनप्रतिनिधिलाई पुनः उम्मेदवार बनाउने सम्भावना रहेको भन्दै उनले उम्मेदवार जो भए पनि पार्टीले अघि सारेको उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने बताए ।

उनले भने, ‘कहीं कतै विगतमा कमजोरी रहे भने यदि पौने चार वर्ष जति पोखियो भने हतारहतार उठाउनुहोस् साथी हो। पोखिएको हुन सक्छ कतैकतै, त्यो हतारहतार उठाउनुहोस्, हतारहतार मिलाउनुहोस्।’

ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभाको निर्वाचन मंसिरमा हुनुपर्ने पार्टीको धारणा रहेको पनि स्पष्ट पारे । जनप्रतिनिधिले संविधानअनुसार पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै उनले फागुन वा चैतमा नभई वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए ।

उनले भने, ‘संविधानबमोजिम पाँच वर्षमा चुनाव भन्या छ, पाँच वर्षमै हुनुपर्छ। स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा हुनुपर्दछ र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्दछ।’

ओलीले निर्वाचनमा अन्तर्घात गर्ने प्रवृत्तिलाई पार्टीमा कुनै स्थान नहुने चेतावनीसमेत दिए । पार्टीको उम्मेदवारलाई हराउन पार्टीभित्रै बसेर अर्को उम्मेदवारलाई मत दिने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।

उनले भने, ‘पार्टी नबदल्ने, भोट बदल्ने, योभन्दा लज्जास्पद कुरा के हुन्छ? अन्तर्घात गर्ने, पार्टीभित्र बस्ने, पार्टीको क्यान्डिडेटलाई नदिएर पार्टी हराउने काममा लाग्ने त्यस्ता खालकालाई ठाउँ छैन नेकपा एमालेमा।’

ओलीले एमाले जित्नका लागि जन्मिएको पार्टी भएको दाबी गर्दै पार्टीले राष्ट्रियताको रक्षा, सुशासन र विकासका काम गर्ने बताए । जनताको दुःखमा साथ दिने र जनतासँगको सम्बन्ध पुनः स्थापित गरेर आगामी निर्वाचनमा विजय हासिल गर्ने गरी काम गर्न उनले पार्टीका नेता तथा जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

उनले भने, ‘हाम्रो पार्टी यो हार्नका लागि जन्मिएको पार्टी नै होइन, यो जित्नका लागि जन्मिएको पार्टी हो, यसले जित्छ। यसले देश बनाउनै पर्नेछ। यसले देश जोगाउँछ, यसले देश बनाउँछ, राष्ट्रियताको रक्षा गर्छ, सुशासन दिन्छ देशमा, विकास दिन्छ देशमा।’

ओलीले निर्वाचनमा मत नदिएका जनतासँग पनि सम्बन्ध सुधार गरेर उनीहरूको विश्वास जित्नुपर्ने बताए । विगतमा पार्टीलाई मत नदिएकै आधारमा जनतासँग टाढिन नहुने भन्दै उनले जनतालाई सम्झाएर पुनः पार्टीको पक्षमा ल्याउनुपर्ने धारणा राखे ।

ओलीले आगामी निर्वाचनलाई ध्यानमा राखेर जनप्रतिनिधिहरूले बाँकी समय जनताको सेवामा खर्चिनुपर्ने र गाउँगाउँमा पुगेर जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताए । पार्टीका उम्मेदवारलाई जिताउने साझा लक्ष्यका साथ चुनावी तयारीमा जुट्न पनि उनले आग्रह गरे ।

उनले भने, ‘हामी जित्छौँ। जनतासँग टुटेको सम्बन्ध भनिन्छ नि, टुटेको सम्बन्धलाई पुनः जोडौँ, स्थापित गरौँ। त्यो तयारीका साथ, त्यो मनोबलका साथ, त्यो आत्मविश्वासका साथ गाउँमा जाऔँ।’

प्रकाशित: ४ मंसिर २०८३ १७:३४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
स्थानीय तह बलियो हुँदा विकासले गति लिन्छ : अध्यक्ष ओली

स्थानीय तह बलियो हुँदा विकासले गति लिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई सबल र सक्षम बनाउँदा विकास निर्माणले तीव्रता पाउने बताएका छन् । आज पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक...

#केपी-ओली #विकास #बताए
Compare →
Onlinekhabar
53m ago
स्थानीय तह बलियो हुँदा मात्रै संघीयताको महसुस हुन्छ : ओली

स्थानीय तह बलियो हुँदा मात्रै संघीयताको महसुस हुन्छ : ओली

४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सबल हुँदा विकासमा तीव्रता आउने बताएका छन् । शुक्रबार एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताइका हुन् । ‘स्थानीय तहको सवलीकरणका …

#केपी-ओली #बताए #एमा
Compare →
Ekantipur
1h ago
स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली

स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार पाँच वर्षमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै निर्वाचनको तयारीमा जुट्न पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

#केपी-ओली #निर्वाचन #वैशाख
Compare →
Bizshala
49m ago
स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डौ । निर्वाचन आयोगले आगामी २०८४ सालको वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि...

#तहको #निर्वाचन #वैशाख
Compare →

Related Stories

Politics & Governance
Build #2612