दुईदिने भ्रमणका क्रममा विशेष गरी जुट र चियाको निर्यातमा देखिएका अवरोध हटाउने पहल गर्न निजी क्षेत्रले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह आइतबार भारत भ्रमणमा जाँदै छन् । दुईदिने भ्रमणका क्रममा नेपाली उद्योगी तथा व्यवसायीहरूले निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष गरी जुट र चियाको निर्यातमा देखिएका अवरोध हटाउन निजी क्षेत्रको आग्रह छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष दिनेश श्रेष्ठले प्रधानमन्त्रीको भ्रमणबाट निजी क्षेत्रले निर्यात सहजीकरण र द्विपक्षीय व्यापारका व्यावहारिक अवरोध हट्ने अपेक्षा राखेको बताए । उनका अनुसार व्यवसाय फस्टाउँदा स्वतः राज्यलाई राजस्व, श्रमिकलाई रोजगारी र बैंकहरूलाई ब्याज प्राप्त हुने भएकाले निजी क्षेत्रको चासोलाई समग्र अर्थतन्त्रको हितसँग जोडेर हेरिनुपर्छ ।
तुल्सी अर्याल कान्तिपुर टिभीमा कार्यरत छिन् ।