Trending
Prev Story
Next Story

चित्रसारीमा एकादशी मेला

Nagarik News •
November 20, 2026 • 06:08 AM
3
3 reads 0 reactions

चितवनको चित्रसारीमा आजदेखि तीन दिनसम्म मेला सुरु भएको छ।

चित्रसारीमा एकादशी मेला

चितवनको चित्रसारीमा आजदेखि तीन दिनसम्म मेला सुरु भएको छ। थारू महिलाहरूले  झाम्टा नाच प्रदर्शन गर्दै चित्रसेन बाबाको आह्वान गरी आजदेखि मेला सुरु भएको हो।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ स्थित यहाँ हरिबोधनी एकादशीका अवसरमा उक्त मेला तीन दिनसम्म सञ्चालन हुन्छ। चित्रसेन बाबा मन्दिर संरक्षण समितिको अगुवाइमा आयोजना गरिएको मेलाको सुरुआत थारू महिलाहरूको झाम्टा नाचमार्फत चित्रसेन बाबाको आह्वान गरेर गरिएको समितिका अध्यक्ष आसाराम महतोले बताए।

झाम्टा नाचपछि चित्रसेन बाबाको आह्वान हुने र एकादशी मेला विधिवत् सुरु हुने उनले बताए। आज साँझदेखि रातभर दियो बालेर पूजा आराधना गर्ने प्रचलन रहेको र यसबाट मनोकामना पूरा हुने विश्वास रहेको उनको भनाइ छ।

चित्रसेन बाबालाई थारू राजा तथा भगवान् विष्णुको अवतारका रूपमा पुज्ने धार्मिक मान्यता छ। थारू समुदायले प्राचीनकालदेखि देवताका रूपमा श्रद्धापूर्वक पूजाआजा गर्दै आएका चित्रसेन बाबा पछिल्लो समय सबै समुदायको आस्थाको केन्द्र बनेका छन्।

मौखिक इतिहासमा चित्रसेन बाबाको नामबाट चितवन जिल्लाको नामकरण भएको जनविश्वाससमेत छ।

हरेक वर्ष कार्तिक शुक्ल हरिबोधनी एकादशीका दिन चित्रसेन बाबाको थान परिसरमा मेला लाग्ने गर्दछ। एकादशीको अघिल्लो साँझदेखि भोलिपल्ट साँझसम्म दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। यहाँ टाढाटाढाबाट भक्तजन पूजा तथा दर्शनका लागि आउने गर्दछन्।

बुढी राप्ती नदीमा स्नान गरी चित्रसेन बाबाको थानमा पूजा गर्ने चलन  छ। यहाँ गुरौ थारू पुजारीबाट पूजा हुने मन्दिर र ब्रह्मस्थानसमेत रहेको छ। मन्दिर संरक्षण समितिका सचिव नरिश्वर पुरीले चित्रसेन बाबाको पूजा थारू संस्कृतिसँग जोडिएको भए पनि सबै समुदायका लागि उत्तिकै महत्त्पूर्ण रहेको बताए।

विसं २०५९ देखि समितिमार्फत मेला सञ्चालन गर्न थालिएको उल्लेख गर्दै प्रशासनसँग अनुमति लिएर भड्काउ गतिविधि नगरी मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले मेला आयोजना हुँदै आएको उनले बताए।

रत्ननगर नगरपालिका–८ का वडाध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक कृष्ण चौधरीले चित्रसेन मन्दिरमा लाग्ने एकादशी मेला महत्त्वपूर्ण रहेको बताए। पहिले थारू समुदायको मन्दिरका रूपमा रहेको चित्रसेन बाबा मन्दिर अहिले सबै समुदायको साझा आस्थाको स्थल बनेको उनले बताए।

मन्दिरमा सोमबार आरती हुने गरेको र थारू पुजारीबाट दैनिक पूजा आराधना हुँदै आएको छ। एकादशी मेलासँग जोडिएर आउने राउन्ड बत्ती र रिङ हान्ने खेलको आकर्षणका कारण पनि मेलामा भक्तजन आउने गरेका छन्।

विगतका वर्षमा राउन्ड बत्ती र रिङ हान्ने खेल सञ्चालन हुँदै आएकोमा यस वर्ष प्रशासनले सीमितता तोकेका कारण १३ राउन्ड बत्ती र पाँच रिङ हान्ने खेल मात्र सञ्चालन गरिने उनले बताए।

मन्दिर परिसरको बाटोमा भीडभाड नहोस् भनेर यसपटक परिसरभित्रै मेला सञ्चालन गरिने उनले बताए। हरिबोधनी एकादशीका दिन व्रत बसेर चित्रसेन बाबाको दर्शन तथा पूजाआजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

व्रत बसेका तथा दर्शन गर्न आएका भक्तजनले मेलामा पाइने फलफूल, उखु, सखरखण्डलगायत सामग्री किनेर घर लैजाने चलन छ। चित्रसेन बाबा मन्दिरमा करिब १२–१३ वर्षदेखि पुजारीका रूपमा सेवा गर्दै आएका भरत महतोका अनुसार यस स्थानलाई गाउँको ब्रह्मथानका रूपमा मान्ने गरिन्छ। यहाँ दर्शन तथा पूजाआजा गर्न टाढाटाढाबाट भक्तजन आउने र दर्शनका लागि दिनभर लामो लाइन लाग्ने गरेको छ।

चित्रसेन बाबाप्रति भक्तजनको गहिरो विश्वास रहेको उल्लेख गर्दै उनले यहाँ भाकल गर्दा निःसन्तानले सन्तान प्राप्त गरेको, दुःख हटेको तथा हराएका मानिस भेटिएकोजस्ता अनुभव भक्तजनले सुनाउने गरेका छन् ।

प्रकाशित: ४ मंसिर २०८३ ११:५३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Ekantipur
28m ago
कालीगण्डकीको निरयघाटमा एकादशी मेलाको रौनक

कालीगण्डकीको निरयघाटमा एकादशी मेलाको रौनक

लामो समय रोकिएको मेला स्थानीयको पहलमा पुनः सञ्चालन भएपछि शुक्रबार नदी किनारमा भक्तजन, भजनमण्डली र पञ्चेबाजाको चहलपहल बढेको छ।

#मेला #एकादशी
Compare →
Onlinekhabar
6h ago
हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

४ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा आज सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशीको अवरसमा दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद …

#मेला #एकादशी
Compare →
Hamro Patro News
2w ago
ठुली एकादशी मेला भब्य बनाउने तयारी

ठुली एकादशी मेला भब्य बनाउने तयारी

। लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा हरिबोधिनी ठुली एकादशी मेलाको तयारी तीव्र पारिएको छ । आगामी मंसिर ४ देखि ९ गतेसम्म सञ्चालन हुने मेलामा खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, धार्मिक गत...

#मेला #एकादशी
Compare →
Arthasansar
2h ago
आज हरिबोधनी एकादशी

आज हरिबोधनी एकादशी

कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी वा ठुली एकादशी भनिन्छ । ठूली एकादशीमा घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ ।...

#एकादशी
Compare →
Setopati
4h ago
हरिबोधनी एकादशीमा तोरणले सजिएको पशुपति (तस्बिरहरू)

हरिबोधनी एकादशीमा तोरणले सजिएको पशुपति (तस्बिरहरू)

आज देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइँदैछ। काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ।

#एकादशी
Compare →
Bizshala
1w ago
खाद्य कम्पनीले तीनदिने ‘तिहार विशेष रैथाने मेला’ गर्दै, कृषक र उद्यमीलाई स्टलका लागि आह्वान

खाद्य कम्पनीले तीनदिने ‘तिहार विशेष रैथाने मेला’ गर्दै, कृषक र उद्यमीलाई स्टलका लागि आह्वान

काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आयोजना...

#मेला
Compare →

Related Stories

Technology
Build #2612