Trending
Prev Story
Next Story

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

Nagarik News •
November 20, 2026 • 12:58 AM
6
6 reads 0 reactions

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा लाग्ने मेला धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा परिचित छ।

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा लाग्ने मेला धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा परिचित छ।

करिब ३५० वर्ष पुरानो इतिहास बोकेको मानिने यस मेलामा काभ्रेपलाञ्चोकसहित आसपासका विभिन्न जिल्लाबाट भक्तजन दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन्। गुफाभित्र अवस्थित लड्केश्वर महादेवको दर्शन गर्न आउने भक्तजनको उपस्थितिले मेलास्थलमा छुट्टै रौनक छाउने गर्दछ।

लड्केश्वर धाम परिसरमा स्थापित १०८ फिट अग्लो शिव त्रिशूल र १०८ शिवधाराले यस क्षेत्रको धार्मिक तथा आध्यात्मिक महिमा थप बढाएको छ। यी धार्मिक संरचनाले धामको विशिष्टता थप बढाउनुका साथै भक्तजनलाई आकर्षित गर्दै आएका छन्। धार्मिक किंवदन्तीअनुसार तत्कालीन राजा भूपतेन्द्र मल्लले लड्केश्वर महादेवको दर्शन तथा पूजाआजा गरेपछि यस क्षेत्रमा मेला लाग्ने परम्परा सुरु भएको मानिन्छ।

स्थानीय सागर आचार्यका अनुसार मेलाका अवसरमा भक्तजनले महादेवको पूजाआजा गर्नुका साथै भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ। धार्मिक आस्थासँगै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा यस मेलाले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए। हरिबोधिनी एकादशी भगवान् विष्णुको चातुर्मास शयन समाप्त भई जागरण हुने पवित्र दिनका रूपमा लिइन्छ। यस दिन तुलसी विवाह, व्रत, पूजाआराधना, भजनकीर्तन तथा तीर्थदर्शन गर्ने सनातन परम्परा रहिआएको छ।

मेलाको धार्मिक तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै पनौती नगरपालिकाले यस अवसरमा स्थानीय बिदासमेत दिँदै आएको छ। नगरप्रमुख रामशरण भण्डारीले संस्कृति संरक्षण गर्नु सबैको दायित्व भएको बताए। “संस्कृति संरक्षण गर्नु हामी सबैको दायित्व हो। स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ”, उनले भने।

नगरप्रमुख भण्डारीले यस वर्षको मेलामा करिब ५० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको बताए। धार्मिक विश्वास, ऐतिहासिक महत्व र प्राकृतिक सुन्दरताले भरिपूर्ण लड्केश्वर क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए। पुस्तौँदेखि चल्दै आएको यस मेलाले धार्मिक आस्थालाई जीवन्त राख्नुका साथै नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्दै आएको छ।

प्रकाशित: ४ मंसिर २०८३ ०६:४३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
6d ago
दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् ।

#धार्मिक #आस्था #मेला
Compare →
Onlinekhabar
6h ago
हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

४ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा आज सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशीको अवरसमा दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद …

#मेला
Compare →
Hamro Patro News
15h ago
महासंघको नेतृत्वमा छवटा प्रदेशमा सीप तथा रोजगार मेला हुने

महासंघको नेतृत्वमा छवटा प्रदेशमा सीप तथा रोजगार मेला हुने

काठमाडौं । नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा छवटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ । मेला सञ्चालनका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय र महासंघब...

#मेला
Compare →

Related Stories

Technology
Build #2612