राष्ट्र बैंकले बैंकिङ प्रणालीमा धेरै पैसा हुँदा खिच्ने गर्छ भने कम हुँदा पठाउने गर्छ । यसलाई तरलता व्यवस्थापन भनिन्छ ।
काठमाडौँ — बैंकहरूबाट कर्जा नगएपछि राष्ट्र बैंकले २३ अर्ब तिरेर बैंकहरूको पैसा राखेको छ ।
कर्जा लगानी गरेर वित्तीय प्रणालीमा अधिक रहेको रकम खिच्दा राष्ट्र बैंकले ब्याज बराबर २२ अर्ब ८२ करोड रूपैयाँ खर्चिएको हो । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा धेरै पैसा हुँदा खिच्ने गर्छ भने कम हुँदा पठाउने गर्छ । यसलाई तरलता व्यवस्थापन भनिन्छ ।
गत आर्थिक वर्ष २०८२-८३ मा राष्ट्र बैंकले तरलता व्यवस्थापनमा यो रकम खर्चिएको हो ।
नेपाल राष्ट्र बैंकले ऋणपत्र, स्थानी निक्षेप सुविधा, निक्षेप संकलन उपकरणबाट कुल ४ सय २५ खर्ब रुपैयाँ बजारबाट खिचेको तरलता प्रशोचन गरेको हो ।
यसको लागि गत वर्ष राष्ट्र बैंकले २२ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो ।
अघिल्लो पटक पनि राष्ट्र बैंकले तरलता व्यवस्थानमा गर्दा ९ अर्ब ३९ करोड रुपैयाँ खर्चिएको थियो ।
अहिले पनि बैंकहरुमा करिब १६ खर्ब हाराहारी अधिक तरलता छ । हाल बैंकहरुले राष्ट्र बैंकमा राखेकाे रकम १३ खर्ब ९६ अर्ब रुपैयाँ छ ।