Trending
Prev Story
Next Story

काम गरेको पैसा नपाएपछि गरिमाको चेतावनी : अर्को पोस्टमा तस्बिर सार्वजनिक हुन्छ

Nagarik News •
November 17, 2026 • 11:39 AM
3
3 reads 0 reactions

कलाकार तथा आफूले पैसा तिर्नु पर्ने व्यक्तिको म्यासेज फोन नउठाउनु सिनेमा क्षेत्रमा यो गम्भिर रोग हो। 

काम गरेको पैसा नपाएपछि गरिमाको चेतावनी : अर्को पोस्टमा तस्बिर सार्वजनिक हुन्छ

सिनेमा क्षेत्रमा कलाकार तथा प्राविधिक टिमले पारिश्रमिक नपाएको गुनासो हामी सबैले सुन्दै आएका छौँ। यो घटनाको सिकार यस पटक अभिनेत्री गरिमा शर्मा भएकी छन्।

सुरुमा चलचित्र निर्माण गर्नका लागि निर्माण टिम कलाकार तथा प्राविधिक टिमलाई काम गरिदिन पछि पर्ने र त्यही काम सकिएपछि निर्माण टिम सम्पर्कविहीन भइदिने। कलाकार तथा आफूले पैसा तिर्नुपर्ने व्यक्तिको म्यासेज फोन नउठाउनु सिनेमा क्षेत्रमा यो गम्भीर रोग हो।

यी नै विषयवस्तुलाई लिएर अभिनेत्री गरिमा शर्मा खनिएकी छन्। उनले मंगलबार सामाजिक सञ्जालमा लेखेकी छिन्,  ‘कलाकारको शोषण भन्नाले कलाकारको प्रतिभा, मेहनत, समय, लोकप्रियता र सिर्जनात्मक क्षमताको अनुचित फाइदा उठाउनु हो। सरल भाषामा भन्नुपर्दा, कलाकारले आफ्नो समय, सीप र मेहनत लगानी गर्ने तर त्यसको उचित सम्मान, पारिश्रमिक र अधिकार नपाउनु नै कलाकारको शोषण हो।’

चेतावनी दिँदै उनले लेखिन्,‘यो बुझ्नु भयो भने सबैले जिम्मेवारी के के बाँकी छ गरिदिनुहोला, अनि सम्पर्कविहीन भएकाहरू कृपया सम्पर्कमा आइदिनुहोला। अर्को पोस्ट अझै राम्रो आउने छ, तस्बिरसहित।’

हालको लागि भने उनले उक्त पोस्टमा कसैलाई ट्याग गरेकी छैन। उनले  भनिन्,‘अहिले ट्याग गरिन है, सबै जना उचित अवसर पाउन योग्य छन्।’

प्रकाशित: १ मंसिर २०८३ १७:२४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
फिल्म प्रचारमा कलाकार पक्राउको 'स्टन्ट', आलोचना भएपछि निर्माण टिमको स्पष्टीकरण

फिल्म प्रचारमा कलाकार पक्राउको 'स्टन्ट', आलोचना भएपछि निर्माण टिमको स्पष्टीकरण

काठमाडौं । नेपाली चलचित्र ‘ककाकिकी’को प्रचारका क्रममा कलाकारलाई प्रहरीले पक्राउ गरेको झल्काउने दृश्य तयार गरी सार्वजनिक गरिएको खुलेको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको उक्त स्टन्टल...

#कलाकार #टिम
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612