Trending
Prev Story
Next Story

११७ किलो गाँजासहित कार नियन्त्रणमा, चालक फरार

Ekantipur •
November 19, 2026 • 04:02 AM
4
4 reads 0 reactions

त्रिभुवन राजपथ हुँदै हेटौडातर्फ आउँदै गरेको उक्त कारलाई बिहीबार बिहान पौने २ बजे भैसे चौकीका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा गाँजा जफत गरिएको हो ।

११७ किलो गाँजासहित कार नियन्त्रणमा, चालक फरार

त्रिभुवन राजपथ हुँदै हेटौडातर्फ आउँदै गरेको उक्त कारलाई बिहीबार बिहान पौने २ बजे भैसे चौकीका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा गाँजा जफत गरिएको हो ।

हेटौडा — मकवानपुर प्रहरीले बिहीबार बिहान भीमफेदी, भैसेबाट १ सय १७ किलो गाँजासहित एक कार नियन्त्रणमा लिएको छ ।

त्रिभुवन राजपथ हुँदै हेटौडातर्फ आउँदै गरेको उक्त कारलाई बिहीबार बिहान पौने २ बजे भैसे चौकीका  प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा गाँजा जफत गरिएको हो । चालक भने गाडी छोडेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले बताए ।

बी ए बी ४४३१ नम्बरको उक्त कारको पछाडी डिकीमा लुकाई राखिएको ९ पोकाबाट ११७ किलो ९१० ग्राम  गाँजा बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3h ago
मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार

मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार

मकवानपुरको भैंसेमा प्रहरीले कारबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ।

#११७ #किलो #चालक
Compare →
Onlinekhabar
3h ago
पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार

पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार

३ मंसिर, काठमाडौं । मकवानपुरको भैंसेबाट ११७ किलोग्राम गाँजा बरामद भएको छ । पालुङबाट भैंसे तर्फ जाँदै गरेको बीएबी ४४३१ नम्बरको कारबाट उक्त परिमाणको गाँजा आज बिहान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार …

#११७ #चालक #फरार
Compare →
Hamro Patro News
2d ago
आधा किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

आधा किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले ६३५.१६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित ४२ वर्षीय चिनियाँ नागरिक झान गुओकिङलाई...

#त्रिभुवन #किलो
Compare →

Related Stories

National (Nepal)
Build #2612