कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय ठहर भई फरार रहेकी ४५ वर्षीया हदिसुन नेशालाई प्रहरीले पक्राउ गरी कारागार पठाएको छ।
रामग्राम नगरपालिका-५ ड्राईभर टोल बस्ने नेशालाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका-५ चमनटोलबाट पक्राउ गरेको हो।
जिल्ला अदालत नवलपरासी पश्चिमको २०८१ फागुन १२ गतेको फैसलाले उनलाई २५ वर्ष कैद सजाय तोकेको थियो।
फैसला कार्यान्वयनका लागि जिल्ला अदालत नवलपरासी पश्चिम पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई कारागार पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २ मंसिर २०८३ २०:०५ बुधबार