Trending
Prev Story
Next Story

भक्तपुरमा एक महिनामा १४३ मुद्दा दर्ता, १११ जना फरार प्रतिवादी पक्राउ

Nagarik News •
November 18, 2026 • 12:53 PM
3
3 reads 0 reactions

कार्तिक एक महिनामा भक्तपुरमा जबरजस्ती करणीका चार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

भक्तपुरमा एक महिनामा १४३ मुद्दा दर्ता, १११ जना फरार प्रतिवादी पक्राउ

कार्तिक एक महिनामा भक्तपुरमा जबरजस्ती करणीका चार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। बहुविवाहको एउटा गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित पाँच वटा मुद्दा दर्ता यो एक महिनामा दर्ता भएको भक्तपुर प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी एवं सूचना अधिकारी दीपककुमार कार्कीका अनुसार कात्तिक महिनामा लागूऔषधसम्बन्धी ६ वटा मुद्दा दर्ता भएका छन्। यस क्रममा ११ जना पक्राउ परेका छन्।

उनीहरूबाट ४३.७७ ग्राम खैरो हेरोइन र ५२० ग्राम गाँजा बरामद गरिएको जनाएको छ। त्यस्तै, बैंकिङ कसुरका २१ र ठगीका चार गरी आर्थिक अपराधसम्बन्धी २५ वटा मुद्दा दर्ता भएका छन्।

भक्तपुर प्रहरीले एक महिनाको अवधिमा जुवा तास तथा लङ्गुर बुर्जा खेल्ने ७८ जनालाई पक्राउ गरेको जनाएको पनि छ। प्रहरीले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको प्रगति विवरणअनुसार जुवा तास र लङ्गुर बुर्जा खेल्ने व्यक्तिहरूबाट ११ लाख ६२ हजार ५५० रुपैयाँ बरामद गरिएको छ।

परिसरका अनुसार कात्तिक महिनामा जुवा तास खेल्ने ७१ जनालाई पक्राउ गरी २२ बुक ताससहित ८ लाख ७४ हजार ३९० रुपैयाँ बरामद गरिएको छ।

त्यस्तै, लङ्गुर बुर्जा खेल्ने सात जनालाई पक्राउ गरी १ लाख ६८ हजार ८८० रुपैयाँ बरामद गरिएको छ। यसैगरी, प्रहरीले पटका नियन्त्रणका क्रममा १ लाख १९ हजार २८० रुपैयाँ बराबरको सामग्री बरामद गरेको जनाएको छ।

प्रहरीको तथ्यांकअनुसार कात्तिक महिनामा भक्तपुरमा ३३ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी तीन जनाको मृत्यु र ३९ जना घाइते भएका छन्।

दुर्घटनाको प्रमुख कारण लापरबाहीपूर्वक सवारी चलाउनु (१३), सडकमा ध्यान नदिनु (१०) र तीव्र गति (६) रहेको प्रहरीले जनाएको छ।

यस अवधिमा प्रहरीले विभिन्न मुद्दाका १११ जना फरार प्रतिवादी पक्राउ गरेको छ भने फैसला कार्यान्वयनतर्फ ५१ जनालाई पक्राउ गरी ११ वर्ष आठ महिना कैद र ८ लाख ९४ हजार ९०२ रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार कात्तिक महिनामा १४३ वटा मुद्दा दर्ता भएको अघिल्लो महिनाको तुलनामा कात्तिकमा ६९ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ३७ वटा मुद्दा फर्छ्योट भएका छन्।

त्यस्तै, घरेलु हिंसासम्बन्धी दुई वटा उजुरी परेका दुवै मिलापत्र भएका छन्। हराएका २४ जनामध्ये २२ जना फेला परेका छन् भने दुई जना पुरुष अझै फेला पर्न बाँकी रहेको प्रहरीको विवरणमा उल्लेख छ।

प्रहरीले कात्तिक महिनामा समुदाय तथा विद्यालय केन्द्रित १०६ वटा कार्यक्रम सञ्चालन गरी ३ हजार ४६२ जनालाई सहभागी गराएको जनाएको छ।

प्रकाशित: २ मंसिर २०८३ १८:३८ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
सवारी ज्यान मुद्दामा १२ वर्षदेखि फरार प्रतिवादी नियन्त्रणमा

सवारी ज्यान मुद्दामा १२ वर्षदेखि फरार प्रतिवादी नियन्त्रणमा

झापाको कन्काई नगरपालिका–९ का जीवन चौलागाईंलाई इलाका प्रहरी कार्यालय अनारमनीको समन्वयमा पक्राउ गरी मंगलबार जिल्ला अदालतमा बुझाइएको छ।

#मुद्दा #फरार #प्रतिवादी
Compare →
Onlinekhabar
3h ago
ग्याससम्बन्धी सामग्री कारोबार भ्याटमा दर्ता आधिकारिक विक्रेताबाट मात्र गराउन महासंघको माग

ग्याससम्बन्धी सामग्री कारोबार भ्याटमा दर्ता आधिकारिक विक्रेताबाट मात्र गराउन महासंघको माग

२ मंसिर, काठमाडौं  । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्याससँग सम्बन्धित रेगुलेटर, ग्यास चुलो, पाइप लगायत वस्तु कारोबार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका आधिकारिक ग्यास विक्रेता मार्फत मात्र गर्न-गराउन माग गरेको …

#दर्ता
Compare →
Hamro Patro News
1d ago
यसपालि भक्तपुरका श्रेष्ठले जिते करदाता प्रोत्साहनको १० लाख पुरस्कार

यसपालि भक्तपुरका श्रेष्ठले जिते करदाता प्रोत्साहनको १० लाख पुरस्कार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत भक्तपुरका एक उपभोक्ताले १० लाख रुपियाँको उपहार प्राप्त गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ निवासी राम श्रेष्ठले ३०० रुपियाँको सामान खरिद गर...

#भक्तपुर
Compare →
Arthasansar
3d ago
तीन महिनामा उद्योग क्षेत्रमा १ खर्ब बढीको लगानी प्रस्ताव, कुन क्षेत्रका कति उद्योग ?

तीन महिनामा उद्योग क्षेत्रमा १ खर्ब बढीको लगानी प्रस्ताव, कुन क्षेत्रका कति उद्योग ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा उद्योग क्षेत्रमा १ खर्ब ४ अर्ब २७ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ...

#दर्ता #महिनामा
Compare →

Related Stories

National (Nepal)
Build #2612