झापाको कन्काई नगरपालिका–९ का जीवन चौलागाईंलाई इलाका प्रहरी कार्यालय अनारमनीको समन्वयमा पक्राउ गरी मंगलबार जिल्ला अदालतमा बुझाइएको छ।
ताप्लेजुङ — सवारी ज्यान मुद्दामा कैद सजाय सुनाइएका एकजना १२ वर्षपछि पक्राउ परेका छन् । २०७० फागुन २५ मा ताप्लेजुङ अदालतद्वारा कैद सजाय सुनाइएका झापाको कन्काई नगरपालिका ९ का जीवन चौलागाईं पक्राउ परेका हुन् ।
सवारी ज्यान मुद्दामा फरार प्रतिवादी चौलागाईँले १ वर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिए । इलाका प्रहरी कार्यालय अनारमनीको समन्वयमा पक्राउ परेका उनलाई मङ्गलबार जिल्ला अदालतमा बुझाइएको छ ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।