Trending
Prev Story
Next Story

एपेक सम्मेलनका लागि सेन्जेन तयार : सवारीसाधनको हर्नदेखि डेलिभरी ड्रोनसम्म प्रतिबन्धित

Ekantipur •
November 17, 2026 • 07:32 AM
2
2 reads 0 reactions

कुनै समय सेन्जेन पिछडिएको कृषि क्षेत्र मानिन्थ्यो । तर अहिले उसले अत्याधुनिक टेक शहरका रुपमा आफ्नो रुपान्तरणलाई विश्वसामु प्रदर्शन गर्दैछ

एपेक सम्मेलनका लागि सेन्जेन तयार : सवारीसाधनको हर्नदेखि डेलिभरी ड्रोनसम्म प्रतिबन्धित

कुनै समय सेन्जेन पिछडिएको कृषि क्षेत्र मानिन्थ्यो । तर अहिले उसले अत्याधुनिक टेक शहरका रुपमा आफ्नो रुपान्तरणलाई विश्वसामु प्रदर्शन गर्दैछ

काठमाडौँ — विश्व नेताहरूको स्वागतको तयारीमा जुटेको चीनको प्रविधि राजधानी सेन्जेनमा यतिबेला असामान्य शान्ति छाएको छ ।

सवारीसाधनको हर्न बजाउन प्रतिबन्ध लगाइनुका साथै सामान पुर्‍याउने (डेलिभरी) ड्रोनहरूको उडान रोकिएको छ । त्यस्तै, स्थानीय बासिन्दालाई निजी सवारी घरमै थन्क्याउन आग्रह गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमेत सहभागी हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्चको बैठक सेन्जेनका लागि एउटा ठूलो अवसर हो । बुधबारदेखि सुरु हुने यस सम्मेलनमा विश्वका २१ अर्थतन्‍त्र सहभागी हुँदैछन् । त्यसमध्ये ट्रम्प र पुटिनसहित १२ वटा अर्थतन्त्रबाट शीर्ष नेता सहभागी हुँदैछन् ।

एक समयको पिछडिएको कृषि क्षेत्रबाट आजको अत्याधुनिक र सुव्यवस्थित सहरमा रूपान्तरण भएको सेन्जेनको छवि विश्वसामु प्रदर्शन गर्न चिनियाँ अधिकारीहरूले यो अवसरलाई उपयोग गर्न चाहेका छन् ।

१५ लाखभन्दा बढी सवारी धनीहरूले सडकमा गाडी ननिकाल्ने प्रतिबद्धता जनाएका छन् । त्यस प्रतिवद्धता पूरा गर्नेलाई सरकारले करिब   १०० युआनसम्मको सार्वजनिक यातायात कार्ड दिने वाचा गरेको छ ।

मंगलबारदेखि बाहिरी जिल्लाका नम्बर प्लेट भएका सवारीसाधनलाई दिउँसोको समयमा सहरका अधिकांश क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको सेन्जेन ट्राफिक प्रहरीले जनाएको छ ।

सहरमा जताततै देखिने विद्युतीय साइकल (ई–बाइक) चालकहरूलाई समेत बीमामा छुट दिने सर्तमा साइकल नचलाउन अनुरोध गरिएको छ । मुख्य सडकहरूमा पार्किङ गरिएका साइकलहरू हटाइँदै छन् ।

शिखर सम्मेलनका लागि सहरका धेरै भित्री तथा मुख्य क्षेत्रहरूलाई चिटिक्क पारिएको छ ।

सियाङ्मिहु तालको किनारमा रहेको वित्तीय क्षेत्रमा यो सम्मेलन आयोजना हुँदैछ । सन् १९८५ मा यस किनारमा मनोरञ्जन पार्क निर्माण गरिएको थियो । त्यसबेला यो एसियाकै ठूलो मनोरञ्जन पार्क थियो ।

लामो समयदेखि प्रयोगविहीन रहेको उक्त पार्कको रोलर कोस्टरलाई सन् २०२४ मा भत्काएर त्यहाँ वित्तीय क्षेत्र निर्माण गरिएको हो ।

अहिले ताल किनारको क्षेत्रलाई ताजा फूलका बगैँचा र नयाँ कालोपत्रे गरिएका सडकहरूले सिँगारिएको छ ।

यद्यपि, करिब २० जना विश्व नेता र उनीहरूको टोली सहरमा ओर्लिँदा हुने तामझाम र त्यसले निम्त्याउने असुविधाका लागि सेन्जेनका सबै बासिन्दा तयार देखिँदैनन् ।

सम्मेलन स्थल नजिकै बस्ने ४० वर्षीया बो भन्छिन्, ‘सहर त राम्रो देखिएको छ, तर उनीहरूले खर्च गरिरहेको त्यो पैसा मेरो करको हो ।’

रोजगारदाताले मिडियासँग नबोल्न निर्देशन दिएका कारण उनले आफ्नो पूरा नाम बताउन चाहिनन् । महत्त्वपूर्ण समयमा नजिकैका सडकहरू बन्द हुने भएकाले आफू यस हप्ता गाडी चलाएर काममा जान नसक्ने उनले बताइन् ।

बोका अनुसार उनको सबैभन्दा ठूलो टाउको दुखाइ बालबालिकाको हेरचाह हो । सेन्जेनका प्राथमिक र माध्यमिक विद्यालयहरूमा मंगलबारदेखि चार दिनको शरदकालीन बिदा सुरु भएको छ । तर, शिक्षकबाहेक अन्य वयस्कहरूका लागि कुनै बिदा दिइएको छैन ।

सेन्जेन प्रशासनले रोजगारदाताहरूलाई घरबाटै काम गर्ने (रिमोट वर्क), कामको समय हेरफेर गर्ने वा तलबसहितको बिदा दिन प्रोत्साहित गरेको छ । कतिपय बासिन्दाले भने यो अवसरको भरपुर सदुपयोग गरिरहेका छन् ।

माध्यमिक विद्यालयका शिक्षक जोन दक्षिणपश्चिमी सहर चोङकिङतर्फ घुम्न निस्किएका छन् । ‘म केवल आराम गर्न र सस्तो खानाको मज्जा लिन चाहन्छु, अनि यहाँको अवस्था सामान्य भएपछि मात्र फर्किन्छु,’ उनले भने ।

यसै महिनादेखि सहरभर लागू गरिएको हर्न बजाउन नपाइने प्रतिबन्धका कारण सडकमा विशेष शान्ति छाएको छ । ध्वनि मापन गर्ने क्यामेरा (अकोस्टिक क्यामेरा) मार्फत यसको निगरानी गरिएको छ ।

नियम उल्लंघन गर्नेलाई ३०० युआन तथा त्यसभन्दा माथि जरिवाना तोकिएको छ । सेन्जेनमा लामो समयदेखि हर्न प्रयोगमा कडाइ गरिँदै आए पनि नयाँ नियमहरूको व्यापक प्रचारप्रसार गरिएको छ ।

‘मानिसहरूले झन् खतरनाक तरिकाले लेन मिचिरहेका छन्, तर हर्न बजाउन नपाउँदा टुलुटुलु हेरेर बस्नुको विकल्प छैन,’ कारको हर्न प्रतिबन्धबारे गुनासो गर्दै मिडिया क्षेत्रमा कार्यरत २९ वर्षीया लिउले भनिन् ।

सहरको सबैभन्दा प्रख्यात निर्यातमध्ये एक मानिने ड्रोनहरूको उडान पनि रोकिएको छ । 'मेइटुआन' कम्पनीले १० दिनका लागि ड्रोनमार्फत हुने डेलिभरी सेवा स्थगित गरेको छ ।

सहरभर दशौँ हजार मानिसहरू अंग्रेजीमा 'भोलिन्टियर' (स्वयंसेवक) लेखिएको रातो ज्याकेट लगाएर खटिएका छन्, जसमा आवासीय क्षेत्रका सुरक्षा गार्डहरूसमेत सामेल छन् ।

‘मेरो हाकिमले हामीले यो ज्याकेट लगाउनै पर्छ भन्नुभएको छ,’ ज्याकेटमा लेखिएका अक्षरहरू आफूले नबुझेको बताउँदै सेन्जेनको नान्सान जिल्लाका सुरक्षा गार्ड गुओले भने, ‘मलाई अंग्रेजी बोल्न आउँदैन ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4d ago
जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

२७ कात्तिक, टोकियो (रासस/एएफपी) । जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको …

#एपेक #सम्मेलन
Compare →
Hamro Patro News
1d ago
सी, ट्रम्प र पुटिनबीच बिहीबार सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै, एजेन्डा भने अनिश्चित

सी, ट्रम्प र पुटिनबीच बिहीबार सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै, एजेन्डा भने अनिश्चित

एजेन्सी । चीनले राष्ट्रपति सी चिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच आगामी बिहीबार सेन्जेनमा भेटवार्ता हुने सोमबार पुष्टि गरेको छ । तीन शक्तिशाली देशका राष...

#सेन्जेन
Compare →
Nagarik News
5d ago
ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरेको थियो।

#सवारीसाधन
Compare →

Related Stories

World News
Build #2612