Trending
Prev Story
Next Story

सुर्खेतका १०२ सीसीटीभीमध्ये एउटा मात्रै चालु, मर्मतका लागि सहयोग खोज्दै प्रहरी

Ekantipur •
November 17, 2026 • 07:32 AM
2
2 reads 0 reactions

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा बिग्रिएका क्यामेरा मर्मत गर्न प्रहरीले पालिका तथा निजी क्षेत्रसँग सहयोग मागेको छ।

सुर्खेतका १०२ सीसीटीभीमध्ये एउटा मात्रै चालु, मर्मतका लागि सहयोग खोज्दै प्रहरी

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा बिग्रिएका क्यामेरा मर्मत गर्न प्रहरीले पालिका तथा निजी क्षेत्रसँग सहयोग मागेको छ।

सुर्खेत — कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लाग्दा सुर्खेतमा सुरक्षा निगरानीका लागि जडान गरिएका सीसीटीभी क्यामेरा सञ्चालनमा ल्याउन प्रहरीले पहल थालेको छ। सरकारी रकम खर्च गरेर जडान गरिएका १०२ वटा क्यामेरामध्ये अहिले एउटा मात्रै सञ्चालनमा छ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार बिग्रिएका क्यामेरामध्ये करिब ७० वटालाई मर्मतसम्भार गरेर पुनः सञ्चालनमा ल्याउन सकिन्छ। त्यसका लागि तीनदेखि चार लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सीसीटीभी सञ्चालन आवश्यक रहेको उनले बताए। खेलकुदका क्रममा खेलाडी, दर्शक तथा पाहुनाको आवागमन बढ्ने भएकाले प्रहरी जनशक्तिले मात्रै सबै क्षेत्रको निगरानी गर्न सम्भव नहुने उनको भनाइ छ।

‘सीसीटीभी सञ्चालनमा आए प्रहरीलाई सुरक्षा व्यवस्थापन गर्न र कुनै घटना भए तत्काल जानकारी लिन सहज हुन्छ। खेलकुदका गतिविधि मात्रै होइन, समग्र क्षेत्रको निगरानी गर्न पनि यसले सहयोग पुर्‍याउँछ,’ सापकोटाले भने।

उनले सीसीटीभी मर्मतका लागि यसअघि पालिकासँग समन्वय गरी अनुरोध गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताए। त्यसपछि सोमबार उद्योग वाणिज्य संघ र सुनचाँदी व्यवसायी संघसँग सहयोगका लागि आग्रह गरेको उनले जानकारी दिए। ‘उद्योग वाणिज्य संघ र सुनचाँदी व्यवसायी संघसँग सहयोगका लागि अनुरोध गरेको छु। उहाँहरूले सहयोग गर्छौँ भन्नुभएको छ। सम्भवतः छिट्टै मर्मतको काम अघि बढ्छ भन्ने अपेक्षा गरेको छु,’ उनले भने। दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सुर्खेतको सुरक्षा निगरानी प्रणाली थप व्यवस्थित बनाउन आफूले पहल गरिरहेको सापकोटाले बताए। सीसीटीभी सञ्चालनमा आए खेलकुद अ

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
दशौँ राष्ट्रिय खेलकुद: २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ?

दशौँ राष्ट्रिय खेलकुद: २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ?

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पुर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै ...

#सुर्खेत #दशौँ #खेलकुद
Compare →
Onlinekhabar
4d ago
दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार …

#दशौँ #खेलकुद
Compare →
Nagarik News
1d ago
मुगु दुर्घटना : तीन जनाको शव सुर्खेत पठाइयो

मुगु दुर्घटना : तीन जनाको शव सुर्खेत पठाइयो

मुगुकाे राराताल जाने क्रममा गाडी दुर्घटना हुँदा मृत्यु भएका तीन जनाकाे शव हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ।

#सुर्खेत
Compare →

Related Stories

National (Nepal)
Build #2612