Trending
Prev Story
Next Story

बाल सुधार गृह वीरगन्जबाट फरार कैदी पक्राउ

Ekantipur •
November 17, 2026 • 07:02 AM
10
10 reads 0 reactions

कर्तव्य ज्यान र अप्राकृतिक मैथुन मुद्दामा सजाय पाएका २२ वर्षीय युवकलाई विशेष सूचनाका आधारमा पर्सा प्रहरीले पक्राउ गरेको हो।

बाल सुधार गृह वीरगन्जबाट फरार कैदी पक्राउ

कर्तव्य ज्यान र अप्राकृतिक मैथुन मुद्दामा सजाय पाएका २२ वर्षीय युवकलाई विशेष सूचनाका आधारमा पर्सा प्रहरीले पक्राउ गरेको हो।

पर्सा — जेनजी आन्दोलनका क्रममा वीरगन्जस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ कालिका मन्दिरका २२ वर्षीय परिवर्तित नाम वीरेन्द्रनगर (एल) रहेका छन् । उनलाई सोमबार बिहान साढे ९ बजे वीरगन्ज महानगरपालिका–४ मालपोत चोकबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बाल सुधार गृह वीरगन्जबाट फरार भएका थिए । उनीमाथि सुर्खेत जिल्ला अदालतमा अप्राकृतिक मैथुन र बाँके जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा रहेको प्रहरीले जनाएको छ ।

दुवै मुद्दामा उनलाई १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ

सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ

१ मंसिर, सर्लाही । सामाजिक सञ्जालमार्फत भ्रामक तथा श्रामक सूचना प्रकाशन तथा प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ का २८ वर्षीय महेश …

#वर्षीय #सूचना
Compare →
Nagarik News
23h ago
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

प्रहरीले सवारी ज्यान मुद्दामा कैद र जरिवाना भुक्तान गर्न बाँकी एक फरार प्रतिवादीलाई १३ वर्षपछि पक्राउ गरेको छ।

#ज्यान #फरार
Compare →
Hamro Patro News
1d ago
जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ

जेनजी आन्दोलनमा फरार भएका दुई कैदीबन्दी पक्राउ

काठमाडौं । केन्द्रीय कारागार सुन्धारा काठमाडौंबाट फरार भएका दुईजना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका सुरेन्द्र भुजेल र सिन्धुलीका भीमबहादुर वाइबा रहेका छन् । जिल्ला प्...

#फरार #कैदी
Compare →

Related Stories

World News
Build #2612